Development

सडक छेउका जग्गामा २५ प्रतिशत विकास कर
काठमाडौं । सरकारले सडक किनाराका जग्गामा लाग्ने विकास कर २५ प्रतिशतसम्म पुर्याउने प्रस्ताव गरेको छ । प्रस्तावित सार्वजनिक सडक ऐन २०८१ अनुसार सडकबाट २५० मिटरभित्र पर्ने जग्गामा यस्तो कर लाग्नेछ । सरकारले भविष्यमा बन्ने सडकलाई लक्षित गरी सडक विस्तार तथा भौतिक विकासलाई सहयोग गर्ने उद्देश्यले सरकारले यो कर प्रणाली लागु गरेको हो । हालको सार्वजनिक

१०७ वर्ष पुरानो सुरुङमार्गको जीर्णोद्धार कार्य पूरा
काठमाडौं । हेटौँडा हुँदै तराईसँग जोड्ने ऐतिहासिक चुरियामाई सुरुङ मार्गको पुनःनिर्माण सम्पन्न भएको छ । मर्मत, सम्भारको अभावमा पुरिएर अवरुद्ध बनेको चुरे पर्वतमा अवस्थित १०७ वर्ष पुरानो सुरुङ मार्ग बागमती प्रदेश सरकारले जीर्णोद्धारसँगै हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो । हस्तान्तरणसँगै लामो समयपछि सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिने भएको छ । एक शताब्दीभन्दा अगाडि चुरे पर्वत

सरकारको नयाँ योजनाः घर बनाएर सर्वसाधारणलाई बेच्ने
काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त कम्पनी राष्ट्रिय आवास कम्पनी लिमिटेडले आफैं घर बनाएर बिक्री गर्ने भएको छ । कम्पनीले सुरुवाती चरणमा झापा र बर्दियामा घर बनाएर सर्वसाधारणलाई बिक्री गर्ने योजना बनाएको हो । कम्पनीले चालु आर्थिक वर्षमा नै कार्यक्रम सुरु गरी बिस्तारै अन्य जिल्लामा पनि लागु गर्ने जनाएको छ । यस कार्यक्रमका लागि कम्पनीले

निर्माण अवधिभन्दा १५ महिना अघि नै निर्माण सम्पन्न भयो पक्की पुल
काठमाडौं । भोजपुरको टेम्केमैयुङ–९ को राउते खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । सो पुल सम्झौताको १५ महिनाअगावै निर्माण सम्पन्न भएको हो । राउते खोला पुलले साविकको वडा नं ७ राउते र साविकको वडा नं ५ लेखर्कलाई जोडेको छ । उक्त पुल पूर्वाधार विकास कार्यालयले रु. तीन करोड ५७ लाख लागतमा पुल निर्माण गरेको

१ अर्ब ६८ करोड लागतमा नारायणी नदीमा नयाँ सिग्नेचर पुल बन्दै
काठमाडौं । महेन्द्र राजमार्ग अन्तर्गत गैंडाकोट र नारायणगढको बीचमा रहेको नारायणी नदीमा नयाँ मोटरवेल पुल निर्माण हुने भएको छ । पुलको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेका छन् । हाल नारायणी नदीमा रहेको पुलदेखि उत्तरतर्फ निर्माण हुने अत्याधुनिक सिग्नेचर पुल आगामी तीन वर्षभित्र निर्माण हुने बताइएको छ । ४ सय २० मिटर लम्बाइको सो पुलको

१० करोड लगानीको त्रिशूली भिल्ला सञ्चालनमा
काठमाडौं । त्रिशूली नदीको पारिपट्टी ‘त्रिशूली भिल्ला’ सञ्चालनमा आएको छ । १५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्ला करिब १० करोड लगानीमा निर्माण भएको हो । शानदार सुविधासहितको भिल्लामा १२ वटा आकर्षक भिल्लाहरूमा ३७ वटा कोठा बनाइएको छ । हाल २२ वटा कोठा सञ्चालनमा आएको र अबको केही महिनामै बाँकी १५ वटा कोठा सञ्चालनमा ल्याइने बताइएको छ

नेपालकै पहिलो ‘लिफ्टसहितको आकाशे पुल’ निर्माण सुरु
काठमाडौं । ललितपुर महानगरपालिकाले नेपालमै पहिलो पटक लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुल निर्माण सुरु गरेको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरेसँगै कुसुन्तीमा आकाशे पुलको निर्माण सुरु भएको हो । पुल शिलान्यासका क्रममा महानगर प्रमुख महर्जनले अथक प्रयासपछि सडक विभागबाट पुल निर्माणका लागि अनुमति पाएको बताए । यो पुल बालबालिका, ज्येष्ठ नागरिक लगायतको सहजता लागि

धुलिखेल-खावा सडक विस्तारः १६ महिनामा १२ प्रतिशत काम सम्पन्न
काठमाडौं । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल-खावा चार किलोमिटर सडक विस्तारको काममा ढिलाइ भएको छ । आगामी चैत २९ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने उक्त सडकखण्डको विस्तारको काम १२ प्रतिशतमात्रै सम्पन्न भएको छ । २२ महिनामा सडक विस्तार एवं स्तरोन्नति को काम सम्पन्न गर्ने गरी २०७९ जेठ २० गते सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायी गौरी–पार्वती

ग्वार्को ओभरपास निर्माणको गति तिव्र, दुई सिफ्टमा काम हुँदै
काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माणाधीन ओभरपासको कामलाई तिव्रता दिइएको छ । निर्धारित समयमा निर्माण सम्पन्न गर्ने उद्देश्यसहित आवश्यक उपकरण अभावका कारण रोकिएको काम दुई सिफ्टमा गर्न थालिएको हो । ओभरपासको काम आगामी फागुन १२ गतेसम्म निर्माण सक्ने लक्ष्य छ । सो लक्ष्य प्राप्तिका लागि बिहानदेखि रातिसम्मै काम भइरहेको छ । कामदारले सिफ्टअनुसार कहिलेकाहीँ रातभर र

२० महिनाको काम चार महिनामै सकियो
काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको नदि कटान र पहिरो नियन्त्रण योजना सम्पन्न भएको छ । ८१ दशमलव पाँच मिटर लामो पर्खाल निर्माण सुरु भएको चार महिनामै सम्पन्न भएको हो । गत फागुनमा हिमालयन कन्स्ट्रक्सन कम्पनीसँग दुई करोड ६० लाखमा आयोजनाको ठेक्का सम्झौता भएको थियो । २० महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि निर्माण
Latest Posts
Fresh reads from Basobaas




