Development

१०७ वर्ष पुरानो सुरुङमार्गको जीर्णोद्धार कार्य पूरा

Pinterest LinkedIn Tumblr

काठमाडौं । हेटौँडा हुँदै तराईसँग जोड्ने ऐतिहासिक चुरियामाई सुरुङ मार्गको पुनःनिर्माण सम्पन्न भएको छ ।  मर्मत, सम्भारको अभावमा पुरिएर अवरुद्ध बनेको चुरे पर्वतमा अवस्थित १०७ वर्ष पुरानो सुरुङ मार्ग बागमती प्रदेश सरकारले जीर्णोद्धारसँगै हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो ।

हस्तान्तरणसँगै लामो समयपछि सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिने भएको छ । एक शताब्दीभन्दा अगाडि चुरे पर्वत छेडेर बनाइएको सुरुङ  बीचभागमा  पुरिएर आरपार गर्न नसक्ने अवस्थामा रहेको थियो । 

पुनःनिर्माण पछि बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालयमार्फत चुरियामाई सुरुङ मार्गलाई पर्यटकीय गन्तव्यको रूपमा विकसित गर्ने योजना राखिएको छ ।

यसअघि चुरे पर्वतमा बक्स कट गरी कालोपत्रे सडक निर्माण भएपछि यो सुरुङ मार्गको प्रयोग बन्द भएको थियो । सुरुङ मार्गको जीर्णोद्धार बापत निर्माण कम्पनीलाई तीन करोड ६२ लाख ८२ हजार ४१५ रुपैयाँ भुक्तानी भएको छ । 

यो नेपालको पहिलो सुरुङ मार्ग हो । भने वि.सं. १९७४ सालमा ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको नेतृत्वमा निर्माण सुरु भएको हो । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It