काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा घरजग्गा कारोबारमा उल्लेखनीय गिरावट देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार, साउनमा देशभर ३१ हजार ६ सय २१ घरजग्गा लिखत पारित भएको छ, जुन असारको तुलनामा करिब ४३ प्रतिशतले घटेको हो । असारमा देशभरबाट ५५ हजार ५ सय २४ लिखत पारित भएको थियो । भने गत वर्ष २०८१ साउनको तुलनामा २८ प्रतिशत गिरावट देखिएको छ । गत साउनमा ४३ हजार ८ सय ३५ घरजग्गा कारोबार भएको थियो ।
कारोबारमा गिरावट आएसँगै राजस्व संकलन पनि करिब ५० प्रतिशतले कमी आएको छ । साउनमा राजस्व संकलन ३ अर्ब २८ करोडमा सीमित भएको छ ।
उपत्यका भित्रको घरजग्गा कारोबारः
उपत्यकामा लगनखेल, भक्तपुर, गोटिखेल, कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ९ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भक्तपुर मालपोत कार्यालयबाट भएको छ ।
भक्तपुरबाट ८ सय २९ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम गोटिखेल मालपोत कार्यलयबाट ६ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।
त्यसैगरी, लगनखेलबाट ६ सय १६ र कलंकीबाट ४ सय ६६ को संख्यामा घरजग्गा लिखत पारित भएको छ ।
उपत्यका बाहिरको घरजग्गा कारोबारः
उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सुनसरीबाट १७ सय संख्यामा लिखत पारित भएको छ भने मालपोत कार्यालय मकवानपुर, मनाङ र सुर्खेतबाट कुनै पनि कुनै पनि लिखत पारित भएन ।
राजस्व संकलनको अवस्थाः
राजस्व संकलनमा भने काठमाडौं उपत्यका भित्रका मालपोत कार्यालय अग्रस्थानमा छन् । असारमा लगनखेल मालपोतले सबैभन्दा धेरै ४३ करोड ४ लाख ९५ हजार ८ सय ६ रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्यांक छ ।
यस्तै, डिल्लिबजारबाट २६ करोड २ लाख २२ हजार ७०; भक्तपुरबाट ५२३ करोड ६८ लाख ८२ हजार ७ सय ८५; कलंकीबाट २१ करोड ३१ लाख ४१ हजार ९ सय ५६ र चाबहिलबाट १७ करोड ६९ लाख ५३ हजार ५ सय ५५ रुपैयाँ राजस्व संकलन भएको छ ।
क्र.सं |
मालपोत कार्यालय |
लिखत पारित |
राजस्व संकलन |
१. |
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर |
८२९ |
२३ करोड ६८ लाख ८२ हजार ७ सय ८५ |
२. |
भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर |
६१६ |
४३ करोड ४ लाख ९५ हजार ८ सय ६ |
३. |
मालपोत कार्यालय कलंकी, काठमाडौं |
४६६ |
२१ करोड ३१ लाख ४१ हजार ९ सय ५६ |
४. |
मालपोत कार्यालय साँखु, काठमाडौं |
२६३ |
५ करोड ६० लाख २८ हजार ८ सय ९३ |
५. |
मालपोत कार्यालय चावहिल, काठमाडौं |
३६२ |
१७ करोड ६९ लाख ५३ हजार ५ सय ५५ |
६. |
मालपोत कार्यालय मनमैजु, काठमाडौं |
२०४ |
६ करोड ३४ लाख ५२ हजार ७ सय ३४ |
७. |
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं |
१६३ |
२६ करोड २ लाख २२ हजार ७० |
८. |
मालपोत कार्यालय टोखा, काठमाडौं |
१११ |
४ करोड ७१ लाख ३ हजार १ सय ८२ |
९. |
मालपोत कार्यालय गोटिखेल, ललितपुर |
६ |
१ लाख ६२ हजार ३ सय ९५ |
स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।