काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को असार महिनामा घरजग्गा कारोबार केही गिरावट देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार असारमा ५५ हजार ५ सय २४ संख्यामा घरजग्गाको लिखत पारित भएको छ । जसबाट ६ अर्ब ५५ करोड १७ लाख १२ हजार ८ सय ८४ रूपैयाँ संकलन भएको छ ।
उपत्यका भित्रको घरजग्गा कारोबार
उपत्यकामा लगनखेल, भक्तपुर, गोटिखेल, कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ९ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भक्तपुर मालपोत कार्यालयबाट भएको छ ।
भक्तपुरबाट १५ सय ७२ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम गोटिखेल मालपोत कार्यलयबाट १५ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।
त्यसैगरी, लगनखेलबाट १ हजार ८०, कलंकीबाट ९ सय ६२ को संख्यामा घरजग्गा लिखत पारित भएको छ ।
उपत्यका बाहिरको घरजग्गा कारोबार
उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सुनसरीबाट २ हजार ४ सय ३० संख्यामा लिखत पारित भएको छ भने मालपोत कार्यालय मनाङबाट ८ वटा लिखत पारित भएको छ ।
क्र.सं | मालपोत कार्यालय | लिखत पारित | राजस्व संकलन (रुपैयाँमा) |
१. | भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी | २,४३० | १५ करोड २ लाख ५४ हजार ३ सय |
२. | भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा | २,३३७ | ७ करोड ८३ लाख ३९ हजार १ सय ७३ |
३. | भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा | १,८६९ | ८ करोड २५ लाख ३१ हजार ३ सय ६७ |
४. | मालपोत कार्यालय बेलवारी, मोरङ | १,७४५ | ७ करोड ४३ लाख ३ हजार ८ सय ९७ |
राजस्व संकलनको अवस्थाः
राजस्व संकलनमा भने काठमाडौं उपत्यका भित्रका मालपोत कार्यालय अग्रस्थानमा छन् । असारमा लगनखेल मालपोतले सबैभन्दा धेरै ६४ करोड ३१ लाख २ हजार ९ सय ३४ रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्यांक छ ।
यस्तै, भक्तपुरबाट ५२ करोड ९४ लाख ४० हजार ८ सय ९०; डिल्लिबजारबाट ५१ करोड ९७ लाख ८१ हजार १०; कलंकीबाट ४६ करोड ३७ लाख २४ हजार ६ सय ६२ र चाबहिलबाट ४२ करोड ५२ लाख ९१ हजार ५६ रुपैयाँ राजस्व संकलन भएको छ ।
क्र.सं | मालपोत कार्यालय | लिखत पारित | राजस्व संकलन |
१. | भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर | १५७२ | ५२ करोड ९४ लाख ४० हजार ८ सय ९० |
२. | भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर | १०८० | ६४ करोड ३१ लाख २ हजार ९ सय ३४ |
३. | मालपोत कार्यालय कलंकी, काठमाडौं | ९६२ | ४६ करोड ३७ लाख २४ हजार ६ सय ६२ |
४. | मालपोत कार्यालय साँखु, काठमाडौं | ६५२ | १५ करोड ५० लाख ९२ हजार ८ सय ४० |
५. | मालपोत कार्यालय चावहिल, काठमाडौं | ६१९ | ४२ करोड ५२ लाख ९१ हजार ५६ |
६. | मालपोत कार्यालय मनमैजु, काठमाडौं | ३८१ | ११ करोड ४७ लाख २५ हजार १ सय ४० |
७. | भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं | ३१३ | ५१ करोड ९७ लाख ८१ हजार १० |
८. | मालपोत कार्यालय टोखा, काठमाडौं | २४४ | १४ करोड ३४ लाख ४९ हजार ३ सय ५८ |
९. | मालपोत कार्यालय गोटीखेल, ललितपुर | १५ | ३ लाख ५० हजार ९ सय २२ |
स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।