काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा घरजग्गा कारोबार सबैभन्दा उच्च देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार जेठमा ५६ हजार १० संख्यामा घरजग्गाको लिखत पारित भएको छ । जुन गत महिनाको तुलनामा करिब ३५ सय भन्दा बढि हो ।
बैशाखमा देशभरबाट ५२ हजार ४ सय ३२ संख्यामा घरजग्गाको लिखत पारित भएको थियो । त्यस्तै गत वर्षको जेठमा भने ६१ हजार १ सय ६१ घरजग्गाको लिखत पारित भएको थियो ।
कारोबारमा वृद्धि भएसँगै सरकारले जेठमा घरजग्गाबाट ४ अर्ब ७२ करोड ७० लाख ९४ हजार ४ सय ४५ रूपैयाँ संकलन गरेको छ । जबकि बैशाखमा ४ अर्ब ५४ करोड २२ लाख ९६ हजार ६ सय ३७ रूपैयाँ संकलन भएको थियो ।
गत आर्थिक वर्षको जेठमा संकलित राजस्व ४ अर्ब ३३ करोड ९२ लाख ४१ हजार ७ सय ६९ रूपैयाँ थियो ।
उपत्यका भित्रको घरजग्गा कारोबारः
उपत्यकामा लगनखेल, भक्तपुर, गोटिखेल, कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ९ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भक्तपुर मालपोत कार्यालयबाट भएको छ ।
भक्तपुरबाट १ हजार ९८ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम गोटिखेल मालपोत कार्यलयबाट २१ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।
त्यसैगरी, लगनखेलबाट ९ सय १९, कलंकीबाट ८ सय १६ को संख्यामा घरजग्गा लिखत पारित भएको छ ।
उपत्यका बाहिरको घरजग्गा कारोबारः
उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सुनसरीबाट २ हजार १ सय ५८ संख्यामा लिखत पारित भएको छ भने मालपोत कार्यालय मनाङबाट ८ वटा लिखत पारित भएको छ ।
क्र.सं | मालपोत कार्यालय | लिखत पारित | राजस्व संकलन (रुपैयाँमा) |
१. | भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी | २१५८ | १२ करोड २३ लाख ६१ हजार २९ |
२. | भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा | १९७८ | ६ करोड २८ लाख ३६ हजार ७ सय १ |
३. | भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा | १७४० | ७ करोड ३६ लाख ३९ हजार ५ सय ९६ |
४. | मालपोत कार्यालय बेलवारी, मोरङ | १७३२ | ६ करोड १७ लाख २४ हजार १ सय ८८ |
५. | भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी | १६५९ | ३ करोड ६६ लाख १२ हजार २ सय ५२ |
राजस्व संकलनको अवस्थाः
राजस्व संकलनमा भने काठमाडौं उपत्यका भित्रका मालपोत कार्यालय अग्रस्थानमा छन् । जेठमा डिल्लीबजार मालपोतले सबैभन्दा धेरै ३९ करोड ४२ लाख १९ हजार ६ सय ५७ रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्यांक छ ।
यस्तै, लगनखेलबाट ३८ करोड ५२ लाख ७ हजार ५ सय ५०; कलंकीबाट ३० करोड ५ लाख ६९ हजार ७९; भक्तपुरबाट ३१ करोड ८९ लाख ७१ हजार ५ सय ७३ र चाबहिलबाट २८ करोड ९७ लाख ९६ हजार ३ सय ८५ र रुपैयाँ राजस्व संकलन भएको छ ।
क्र.सं | मालपोत कार्यालय | लिखत पारित | राजस्व संकलन |
१. | भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर | १०९८ | ३१ करोड ८९ लाख ७१ हजार ५ सय ७३ |
२. | भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर | ९१९ | ३८ करोड ५२ लाख ७ हजार ५ सय ५० |
३. | मालपोत कार्यालय कलंकी, काठमाडौं | ८१६ | ३० करोड ५ लाख ६९ हजार ७९ |
४. | मालपोत कार्यालय साँखु, काठमाडौं | ४८४ | १० करोड ७५ लाख ६९ हजार ९ सय ३५ |
५. | मालपोत कार्यालय चावहिल, काठमाडौं | ५०८ | २८ करोड ९७ लाख ९६ हजार ३ सय ८५ |
६. | मालपोत कार्यालय मनमैजु, काठमाडौं | ३५२ | १० करोड ७१ लाख ७९ हजार १ सय ८६ |
७. | भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं | २०४ | ३९ करोड ४२ लाख १९ हजार ६ सय ५७ |
८. | मालपोत कार्यालय टोखा, काठमाडौं | १९७ | ६ करोड ७ लाख ४ हजार ९ सय १२ |
९. | मालपोत कार्यालय गोटीखेल, ललितपुर | २१ | ७ लाख ३४ हजार ४ सय ९६ |
स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।