Decor

अपराजिता फूलः जुन नकरात्मक वातावरणमा फुल्दैन, यस्ता छन् घरमा लगाउनुका रहस्य

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्:

 

काठमाडौं । अधिकांश घर तथा अफिसमा बगैँचा र बोटबिरुवाको लागि ठाउँ छुट्याइएको हुन्छ । जसले घरको सौन्दर्य बढाउनुका साथै कतिपय अवस्थामा बिरुवाहरूले घटना तथा कार्यक्रमहरूको शुभ अशुभ निर्क्योल गर्दछन् । प्रायः वास्तु शास्त्रले घरमा राखिएको हरेक चीजको महत्वको व्याख्या गरेको हुन्छ। हामीले घर तथा बगैँचामा लगाउने गरेका बोटबिरुवा तथा फूलको सिधा सम्बन्ध वास्तु शास्त्रसँग हुन्छ। घरमा बोटबिरुवा लगाउँदा, ती बिरुवा बढ्दा घरमा सुख शान्ति, सकारात्मक उर्जा सञ्चार हुने जनविश्वास छ ।

अपराजिता

aparajita

झट्ट हेर्दा मर्निङ ग्लोरी जस्तो देखिने ‘अपराजिता’ यस्तो एउटा बिरुवा हो, जसलाई जोकोहीले आफ्नो घरमा सजाउन रुचाउँछन् । अपराजिताको अर्थ पराजित नहुनु अर्थात कसैले हराउन नसक्ने भन्ने हुन्छ । यसले के देखाउँछ भने, हार नमान्नेहरूका लागि यो बिरुवा ‘लक्की चार्म’ बन्न सक्छ । अर्कोतर्फ यसलाई आयुर्वेदमा पनि साधारण देखी गम्भिर किसिमका रोग निदानको लागि प्रयोग गर्ने गरेको पाइन्छ ।

अपराजिताको बिरुवा कहाँ र कसरी राख्ने ! 

अपराजिता लाभयुक्त बिरुवा हो, जसले घरको सुख र समृद्धिलाई कायम राख्दछ । यसमा देवी लक्ष्मीको वास हुने भएकाले यसलाई घरमा लगाउनु राम्रो मानिन्छ । वास्तु शास्त्र अनुसार अपराजिताको बिरुवा घरको पूर्व, उत्तर, उत्तरपूर्व दिशामा लगाउनुपर्छ । 

ईशान कोण भगवानको दिशा भएकाले घरमा सुख र समृद्धिको लागि ईशान कोणमा अपराजिताको बिरुवा लगाउनु उत्तम मानिन्छ । साथै घरको मुख्य द्वारको दाहिने पट्टि गमलामा राखेर पनि यसलाई लगाउन सकिन्छ । उत्तरपूर्व दिशामा अपराजिताको बोट लगाउँदा घरमा सकारात्मक उर्जा प्रवेश गर्ने विश्वास गरिन्छ । 

वास्तुका अनुसार घरको दक्षिणपश्चिम कुनामा अपराजिताको बिरुवा रोप्दा घरको मूल व्यक्तिलाई अनावश्यक झगडा, चिन्ताबाट मुक्ति मिल्नुका साथै जीवनमा आउने बाधाहरू कम हुन्छ । अपराजितलाई घरको चारै कुनामा राख्नाले ऊर्जावान् बनाउन सकिन्छ । जुन घरमा नकारात्मक उर्जा हुन्छ, त्यहाँ अपराजिताको फूल कहिल्यै फुल्ने विश्वास छ ।

अपराजिता रोप्नका लागि उपयुक्त दिन !

यसलाई बिहीवार तथा शुक्रवार रोप्नु लाभदायक मानिन्छ । बिहीवार भगवान विष्णु र शुक्रवार माता लक्ष्मी दिन भएकाले यी दिन अपराजिताको फूल लगाउँदा घरमा देवी लक्ष्मी र भगवान विष्णुको कृपा रहने विश्वास गरिन्छ । विष्णु, दुर्गा, शिव र कृष्णलाई अपराजिताको फूल चढाउँदा, मनोकामना पूरा हुनुका साथै पाप नास भइ सुख र समृद्धि प्राप्त हुन्छ ।  मनमोहक अपराजिताको फूलले चारै दिशाको उर्जा मिलाएर घरमा अपार खुशी ल्याउँछ । यति मात्र नभइ, यो बिरुवा रोप्दा धनको प्राप्ति हुने विश्वास छ । 

धन सम्पत्तिको कमी भएमा ५ सोमबार तथा शनिबार पारेर अपराजिताको ५ ओटा फूललाई नदिमा बगाउनुपर्छ भन्ने गरिन्छ ।   मंगलबार दुर्गा मातालाई ६ ओटा अपराजिताको फूल र ५ टुक्रा फिटकिरी चढाइ अर्को दिन सोही फूललाई आफ्नो पर्समा राखेर काम गर्दा कार्य सफल हुने जनविश्वास छ । 

सुनसान ठाउँमा अपराजिताको फूललाई गाडेमा शनि दोष मेटिने र विवाह सम्बन्धी मुस्किल हट्ने विश्वास गरिन्छ । फूललाई गाड्न खाल्डो खन्दा फलामको सट्टा छेस्काको प्रयोग गर्नुपर्छ ।

अपराजिताको चामत्कारिक गुणहरू

सेतो र निलो रङमा फुल्ने अपराजिताले बुद्धि बढाउँछ । साथै; वाथ, पीत्त, कफको जस्ता रोग निवारणका लागि फाइदाजनक हुन्छ । प्रसिद्ध ब्रान्ड पतञ्जलिका आचार्य बालकृष्णका अनुसार अपराजिताको पातको रस तताइ लेप बनाएर कानको चारैतिर लगाउँदा कानको दुखाइमा आराम पाउन सकिन्छ । 

अपराजिताको जराको रस नाकमा हाल्नाले पुरानो रोगहरू टाउको दुख्ने, माइग्रेन जस्ता रोग ठिक हुने आचार्य बताउँछन् ।  उनी भन्छन् ‘अपराजिताको जराको पेस्ट बनाइ त्यसमा मरीचकाे धुलो मुखमा राख्दा दाँतको दुखाइ कम हुन्छ । 

white aparajita

१० ग्राम अपराजिताको पात ५०० मिलिलिटर पानीमा पकाएर आधा बनाइ छानेर कुल्ला गर्नाले टन्सिल तथा घाँटी दुखाइमा राहत दिन्छ । यसको जराको सर्बत पिउनाले रुघाखोकी, श्वासप्रश्वासको समस्या र बालबालिकाको खोकीको लागि फाइदा गर्छ । १-२ ग्राम सेतो अपराजिताको बोक्रा वा पातलाई पिसेर बाख्राको दूध र महमा मिलाएर सेवन गर्दा गर्भपतनको समस्याबाट छुटकारा पाउन सकिन्छ । १ ग्राम सेतो अपराजिताको पिसेको जरालाई बिहान पिएर चिल्लो खानेकुरा खाँदा गलगाँडको लागि फाइदा गर्छ’ ।

प्रतिक्रिया दिनुहोस्
Pin It