Decor

सर्वसुलभ मर्निङ ग्लोरीः सजावटका लागि आकर्षक, स्वास्थ्यका लागि लाभदायक

Pinterest LinkedIn Tumblr

काठमाडौं । प्रायजसो बाटोतिर फुलिरहेको देख्न सकिने एउटा फूल, जसको महत्वले जोसुकैलाई चकित बनाउन सक्छ । बाटोमा फुलेको फुल भन्ने बित्तिकै तपाईंको दिमागमा पक्कै पनि लहरामा फूलिरहेको फूलको चित्र आइसक्यो होला । हो, आज हामी त्यहि फूलको पछाडि लुकेको रहस्य खोतल्दै छौं । 

मर्निङ ग्लोरीः

हामीमध्ये धेरैलाई त यो फूलको कुनै नाम छ भन्ने कुरामा विश्वास नलाग्न पनि सक्छ । हेर्दा सुन्दर लाग्ने भएता पनि खासै कसैको घरको बार्दलीमा सानो ठाउँसम्म नपाएको यो फूलको नाम हो ‘मर्निङ ग्लोरी’ अर्थात बिहानी महिमा’ । यसलाई सकारात्मक ऊर्जाको प्रतिक मानिन्छ । जसले व्यक्तिलाई उसको शक्ति र सपनाहरू महसुस गराउँदछ । यसले व्यक्तिलाई प्रतिकूल समयबाट पर्ने प्रभावबाट बच्न समेत मद्दत गर्दछ भन्ने विश्वास गरिन्छ ।

morning glory

मर्निङ ग्लोरीको उपयोगिताः

सुन्दा अचम्म लाग्न सक्छ, बाटोमा जताततै फुलेको देख्न सकिने यो फूलले हाम्रो स्वास्थ्यमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्दछ । यो फूल स्वासप्रश्वास र मधुमेहको समस्या भएका व्यक्तिका लागि अति उपयोगी हुन्छ । यस्ता रोगीहरूले बिहानको समयमा यो फूलको चिया बनाएर सेवन गर्नु लाभदायक हुन्छ ।

बिहानीको समयमा ढकमक्क फुल्ने गरेको यो फूल, दिन ढल्दै जाँदा ओइल्याउँदै जान्छ । लहराको साहरामा फुल्ने यो फूल सबै मौसममा फुल्ने भएता पनि गर्मी महिनामा धेरै फस्टाउने गरेको देख्न सकिन्छ । सुन्दरता र स्वास्थ्यका दृष्टिकोणले उपयोगी हुने यो फूललाई संस्कृतमा ‘शंख पुष्प’ भनिन्छ । राम्रो हेरचाह गरी घरको बगैँचामा लगाउन सकेमा यसबाट निरन्तर लाभ लिन सकिन्छ ।  यसको हेरचाहका लागि अन्य फूलको तुलनामा अत्यन्तै कम ध्यान दिए पुग्छ ।

मर्निङ ग्लोरीको वैज्ञानिक प्रयोगः

morning glory

यो फूलको बीउमा प्राकृतिक रूपमा नै ट्रिप्टामाइन, लिसेर्जिक एसिड एमाइड हुन्छ । जुन रासायनिक रूपमा एलएसडीसँग मिल्दोजुल्दो छ र त्यसमा समान प्रभावहरू छन् । जसलाई ‘बलियो साइकेडेलिक वा हलुसिनोजेनिक’ मानसिक प्रभावहरूको लागि प्रयोग गरिन्छ ।

हाम्रोमा सडकका भित्ता र गल्लीहरूमा सजिलै उपलब्ध यस फूललाई बजारमा समेत व्यवसायिक रुपमा लगाउने गरेको पाइन्छ । यो फूल विशेषगरी निलो, सेतो, गुलाबी, पहेँलो र बैजनी लगायत रंगमा फुल्दछ ।

मर्निङ ग्लोरीका बेफाइदाहरूः

बगैंचामा लगाउँदा सौन्दर्य बढाउने यो फूलका केहि नराम्रा पक्ष छन् । जसको कारण पनि हुनसक्छ प्राय यसलाई नजरअन्दाज गरिएको । यो फूलको एउटा नकरात्मक पाटो भनेको यसको विषाक्त बीज नै हो । यसको बीउमा भएको डी-लिसेर्जिक एसिड घातक मानिन्छ । यसकारण पनि बच्चाहरू र घरपालुवा जनावरलाई यो फूलाबाट टाढा राख्नु बुद्धिमानी हुन्छ । यो फूलको फल केटाकेटी र केही जनावरका लागि विषालु हुन्छ । जुन खाएमा बान्ता हुने, हात खुट्टा सुन्नीने र मुटुको चाल बढ्ने र मांशपेशीमा असर गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
Pin It