Decor

काठको झ्यालढोका राम्रो कि आल्मुनियम?

Pinterest LinkedIn Tumblr

काठमाडौं । प्रविधिको विकाससँगै आल्मुनियम तथा युपिभिसीले परम्परित काठलाई प्रतिस्थापित गरिरहेका छन् । पछिल्लो समय निर्माण भएका झन्डै ७० प्रतिशत घरमा आल्मुनियम वा यूपीभीसीका झ्याल–ढोका प्रयोग भएका छन् । 

निर्माणमा लाग्ने समय, आकर्षण र मूल्यका हिसाबले ग्राहकमैत्री भएकै कारण काठको विकल्पमा यी दुई प्रविधिप्रति आकर्षण बढिरहेको छ । यद्यपि आल्मुनियमका र काठका झ्याल ढोका राख्दा गुणस्तर, टिकाउ र किफायती छ भन्ने बारेमा सजग हुन आवश्यक छ ।

काठको सट्टा आल्मुनियम किन प्रयोग गर्ने !
टिकाउः

काठको तुलनामा आल्मुनियमका सामग्रीहरू बलिया हुन्छन् । आल्मुनियममा काठमा जस्तो  धमिरा लाग्ने, घामपानीले बिग्रने, आकार बाङ्गिने, क्र्याक आउने, आगो चाँडै टिप्ने, जस्ता समस्या हुँदैन । आल्मुनियमको सरदर आयु ४० देखि ४५ वर्षसम्म हुन्छ । काठका झ्यालढोका पनि टिकाउ त हुन्छन् तर काठको प्रयोग र छनौटमा विशेष ध्यान दिनुपर्छ । काठहरूमा साल र सल्लाबाट बनेका झ्याल ढोकालाई कलर र वार्निश लगाइ वाटर प्रुफ बनाएर प्रयोग गरेमा ३० देखि ४० वर्षसम्म टिक्छन् । 

गुणस्तरः 

आल्मुनियमलाई केमिकल वा चिसो कपडाले सहजै सफा गर्न सकिन्छ । काठको तुलनामा भार कम हुने, किफायती, टिकाउ र बलियो हुने हुँदा आल्मुनियमका झ्यालढोकालाई गुणस्तरीय मान्न सकिन्छ । आल्मुनियम नरम हुने भएकाले जस्तो आकारमा पनि ढाल्न सकिन्छ । अर्कोतर्फ नेपाली साललाई काठमध्ये राम्रो र गुणस्तरीय मानिन्छ । काठलाई चाहनाअनुसार बुट्टा कुँदेर आकर्षक रूप दिन सकिन्छ । आल्मुनियम लचिलो हुने भएपनि बुट्टाहरू कुँद्न सम्भव हुँदैन । तर घामपानीबाट जोगाउनुपर्ने भएकाले काठको सरसफाइ र मर्मत सम्भारमा विशेष ध्यान पुर्याउनु पर्छ । 

मूल्यः

काठ र आल्मुनियमको बजार मूल्य निकै फरक छ । बजार र स्थान अनुसार काठको मूल्य फरक पर्छ । तर आल्मुनियमको मूल्य नेपालभर नै लगभग उस्तै हुन्छ । 

जलवायु परिवर्तनको असर र दिगो वन व्यवस्थापनका कारण घर निर्माणका लागि पर्याप्त काठ पाउन मुस्किल छ । यसैको विकल्पका रूपमा रङ रोगन गरी काठ जस्तै देखिने भएकाले आल्मुनियमको प्रयोग बढेको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It