Decor

पढ्न ध्यानै जाँदैन ? यी उपाय काम लाग्न सक्छन्

Pinterest LinkedIn Tumblr

काठमाडौं । कोठाको दिशा प्रकृति र रंगरोगनको विशेष प्रभाव हाम्रो मनोविज्ञानमा परिरहेको हुन्छ । त्यसोहुँदा घरमा अध्ययनरत सदस्यको राम्रो शैक्षिक उन्नतिका लागि अध्ययन कोठा कस्तो हुनुपर्छ भनेर जान्न जरुरी छ । यस्ता छन्, विद्यार्थीका लागि कोठामा सुन्दर, आरामदायी र स्फूर्तिदायी वातावरण सिर्जना गर्ने तरिकाहरूः

१. वाल आर्ट

कलरफुल वाल आर्टले रूमलाई आकर्षक त देखाउँदछ तर पढिरहेका व्यक्तिले आफ्नो कोठाको वालमा तेर्सो वा ठाडो रूपमा फोटो वा प्रेरणादायी भनाइहरूलाई फ्रेम बनाएर झुन्ड्याउँदा राम्रो हुन्छ । 
wall art २. फर्निचर 

विद्यार्थीको कोठामा टेबल कुर्सी हुनु अनिवार्य जस्तै हो । जसलाई सहजता अनुसार व्यवस्थित रूपमा राखी पेन होल्डर, र कापीलाई समेटेर राख्दा पनि आकर्षक देखिन्छ । साथै पुस्तकहरूलाई व्यवस्थित ढंगले अर्गनाइज गरेर राख्दा अध्ययनको वातावरण बन्छ ।

furniture for student room ३. प्लान्ट

हरियाली, चिसो र शान्त वातावरणले अध्ययनमा रुचि जगाउँछ । प्लान्टहरूले दिमागलाई फुर्तिलो र स्वस्थ्य राख्दछ । अध्ययनरत व्यक्तिले आफ्नो कोठामा मनी प्लान्ट, स्नेक प्लान्ट, रबर प्लान्ट, लगायतका प्लान्ट लगाएको राम्रो हुन्छ ।

Plant for student room४. ल्याम्प 

पढाइमा प्रकाशको विशेष भूमिका रहन्छ । खासगरी साँझपख अथवा रातको समयका लागि ल्याम्प, ह्याङ्गिङ लाईट जस्ता क्रियटिभ लाइटको प्रयोग गर्दा राम्रो भाइव बन्छ । 

lamp for student room ५. फेरी लाईट 

पढ्ने व्यक्तिको कोठालाई आकर्षक रूप दिन फेरी लाइटको प्रयोग उचित हुन्छ । लाइटका सफ्ट खालका लहरे बत्तिलाई टेबल वा कोठाको वालमा झुन्ड्याउँदा पुस्तक तथा अन्य शैक्षिक सामग्रीहरू अँध्यारोमा पनि देख्न सकिन्छ । यसले पढाई प्रतिको झुकावमा निरन्तरता दिन्छ ।

fairy lights for student room

६. बुकशेल्फ 

कोठाको एक कुनामा रहेको सानो स्पेसमा बुकशेल्फ बनाउन सकिन्छ । यसरी बेडरुममा नै आकर्षक लाइब्रेरीको भाइव सिर्जना गर्न सकिन्छ । 

bookshelf for student study roomहाम्रो बसाइको तरिका र कोठाको अवस्थितिले जीवनशैलीमा प्रभाव पारिरहेको हुन्छ । त्यस्तै, गाढा रंग वा रङ्गिबिरङ्गी चिजहरूले ध्यानकेन्द्रित गर्नमा बाधा पुर्याइरहेको हुन्छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It