Decor

बैठक कोठालाई आकर्षक देखाउने सात  स्टाइलिस कुर्शिहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिजोआज घरमा डिजाइनर फर्निचरहरूको प्रयोग गर्ने चलन बढेको छ । सुन्दर र गुणस्तरीय फर्निचरले सौन्दर्यका सुविधा दुवै बढाउँछ । आज हामी शेयर गर्दैछौँ, लिभिङ रुमका लागि उत्कृष्ट डिजाइनका कुर्सीहरूः 

१. wing back chair

यस प्रकारको कुर्सीको पछाडिको भाग अग्लो हुन्छ । यो कुर्सीले ढाड दुख्ने समस्या कम गर्न मद्दत गर्छ । 

२. club chair

हेर्दा ठूलो र आरामदायक यो कुर्सीले घरको आकर्षण झन बढाउँछ । विशेषगरी पुस्तकहरूको छेउमा राख्दा यो कुर्सीले सोभा दिन्छ ।

३. Windsor chair

बाँसबाट बनाइएको यो कुर्सीले एस्थेटिक भाइव दिन्छ । हेर्दा हलुका र छरितो देखिने यो कुर्सी डाइनिङ टेबलसँग पनि प्रयोग गर्न सकिन्छ ।

४. Cinderella chair 

आकर्षक र लग्जरियस देखिने सिन्डेरेला डिजाइनको कुर्सी सफा गर्न सजिलो हुन्छ । साथै आधुनिक हलमा राखिएको सिन्डेरेला कुर्सीले घरको शोभा बढाउँछ ।

५. Egg chair

सामान्य कुर्सी भन्दा ठुलो र आरामदायी मानिने यो कुर्सी आकर्षक देखिन्छ । खासगरी किताब पढ्न वा घर बाहिरको दृष्यको आनन्द लिन उपयुक्त हुन्छ ।

६. Rocking chair

रकिङ कुर्सीका धेरै फाइदा छन् । तनाव कम गर्ने, आराम मिल्ने र दुखाइ कम गर्ने हुँदा वृद्धवृद्धाका लागि रकिङ कुर्सी उपयुक्त हुन्छ ।

७. Arm chair 

ढाड दुख्ने समस्या भएमा यस प्रकार कुर्सीले फाइदा गर्छ । पछिल्लो समय थेरापिस्टहरूले पनि यो कुर्सीको प्रयोग गर्ने गरेको पाइन्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It