News

भक्तपुरमा जग्गाको नयाँ मूल्यांकनः कुन नगरपालिकामा कति मूल्य पर्ला

Pinterest LinkedIn Tumblr

काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरले आर्थिक वर्ष २०८०/८१ को लागि जग्गाको नयाँ न्यूनतम मूल्याङ्कन पुस्तीका सार्वजनिक गरेको छ । श्रावण १ गतेदेखि लागू हुनेगरि प्रमुख जिल्ला अधिकारी एवम् जग्गाको न्यूनतम मूल्याङ्कन समितिको बैठकले नयाँ मूल्याङ्कन सार्वजनिक गरेको हो । 

रजिष्ट्रेशन हुने लिखतमा थैली अंक कायम गर्ने प्रयोजनका लागि लागू हुने न्यूनतम मूल्याङ्कन पुस्तीकामा जिल्लाभरका विभिन्न स्थानका जग्गाको मूल्य उल्लेख छ ।

न्यूनतम मूल्याङ्कन पुस्तीका अनुसार भक्तपुर नगरपालिका अरनिको राजमार्गसँग जोडिएको सडकको दायाँबाँया पक्की मोटरबाटो भएको, सूर्यविनायक नगरपालिका वडा नं ५, ६ र ८ का अरनिको राजमार्गसँग जोडिएको पक्की मोटरबाटो भएको जग्गाको मूल्याङ्कन ३५ लाख रुपैयाँ गरिएको छ । 

त्यस्तै, मध्यपुर ठिमी नगरपालिका वडा नं ४, ५ र ६ को केही भाग ८ र ९ का अरनिको राजमार्गसँग जोडिएको पक्की मोटरबाटो भएको जग्गाको मूल्याङ्कन २८ रूपैयाँ लाख गरिएको छ । 

त्यसैगरी, सल्लाधारी चोकदेखि दुधपाटी चोकसम्म (सडकको दायाँबायाँ), जगाति-च्यामासिङ पसिखेल सडकदेखि कमलविनायक चोकसम्म (सडकको दायाँबायाँ) सल्लाघारी चोकदेखि दुवाकोट छुट्टिने खस्याङ्खुसुङ खोलासम्म, नगरकोट सडक (सल्लाघारी चोकदेखि देकोचा, लाँचा फल्चा हुँदै व्यारेकसम्म सडकको दायाँबायाँ), भक्तपुर नगरपालिका वडा नं १ र ३, डेकोचाबाट चाँगु जाने पक्की मोटरबाटो (सडकको दायाँबायाँ), च्यामासिंङ, व्यासी चोकदेखि कालीघाटसम्म (दायाँबायाँ पक्की सडक), हाकुफो हिटीदेखि वर्खे पुलसम्मको पक्की सडकसँग जोडिएको जग्गाको मूल्य २२ लाख तोकिएको छ । 

बोडे, मुलपानी जाने पक्की सडकसँग जोडिएको, बोडे सिमानादेखि सानोठिमी जाने पक्की सडमा जोडिएको र बोडेबाट धुन्चेपाखा जाने पिच सडकसँग जोडिएको जग्गाको मूल्य १० लाख तोकिएको छ । 

अरनिको राजमार्गबाट शङ्खरचोक दक्षिणतर्फ दधिकोट जाने पक्की सडकसँग जोडिएको जग्गाको मूल्य १६ लाख तोकिएको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरले आर्थिक वर्ष २०८०/८१ को लागि जारी गरेको मूल्याङ्कन पुस्तीकाको सम्पूर्ण विवरणः

प्रतिक्रिया दिनुहोस्
Pin It