Development

निर्माण अवधिभन्दा १५ महिना अघि नै निर्माण सम्पन्न भयो पक्की पुल

Pinterest LinkedIn Tumblr

काठमाडौं । भोजपुरको टेम्केमैयुङ–९ को राउते खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । सो पुल सम्झौताको १५ महिनाअगावै निर्माण सम्पन्न भएको हो । 

राउते खोला पुलले साविकको वडा नं ७ राउते र साविकको वडा नं ५ लेखर्कलाई जोडेको छ । उक्त पुल पूर्वाधार विकास कार्यालयले रु. तीन करोड ५७ लाख लागतमा पुल निर्माण गरेको हो ।

२०७९ साल फागुन २७ गते निर्माण सुरु भएको पुलको निर्माण अवधि २४ महिनाको रहेको थियो । पुल बनेसँगै स्थानीयलाई सहज भएको छ । ज्यानको जोखिम मोलेर खोला तर्दै आएका स्थानीयहरू पुल बनेपछि हर्षित छन् ।

पक्की पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहजता भएको सो क्षेत्रका सवारीचालकहरूको भनाइ छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

 

प्रतिक्रिया दिनुहोस्
Pin It