Uncategorized

विदेश पढ्न जाँदा घरभाडालाई आय देखाउनले महानगरलाई ५ प्रतिशत कर तिर्नुपर्ने

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र घरजग्गा हुने व्यक्तिका छोराछोरी विदेश पढ्न जाँदा घरभाडालाई आय देखाउनले महानगरलाई  ५ प्रतिशत कर तिर्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सोमबार नगर कार्यपालिका बैठकमा प्रस्तुत गरेको आर्थिक विधेयक २०८१ मा यस्तो प्रस्ताव गरिएको हो ।

बहाल करको दरबारे अनुसूची ६ मा संशोधन गर्दै महानगरले यस्तो प्रस्ताव गरेको हो । अनुसूचीमा भनिएको छ, ‘अध्ययनका लागि आईट्वान्टी पेश गरी बहाल आय देखाई आयश्रोत प्रमाणित गर्ने प्रयोजनका लागि बहाल देखाएको बहाल अङ्क तथा अवधिको कुल बहाल रकमको पाँच प्रतिशतका दरले बहाल कर लिइनेछ ।’

विदेश पढ्न जाँदा घरजग्गा बहाललाई देखाउदा सो प्रयोजनका लागि वडा कार्यालयबाट आम्दानी प्रमाणीकरण गर्नुपर्छ । यसरी आम्दानी प्रमाणीकरण गर्दा घरभाडाबाट जति समयका लागि आम्दानी देखाउने हो उति नै अवधिको कर बुझाउनुपर्ने छ । 

मानौं, विदेश पढ्न जाँदा आयस्रोत स्वरुप मासिक १ लाख रुपैयाँका दरले ५ वर्ष घर भाडा प्राप्त हुने गरी कागज बनाउनुपर्‍यो । अर्थात्, ५ वर्षको कुल आम्दानी ६० लाख रुपैयाँ हुने भयो । यस्तो स्थितिमा सो विद्यार्थीका अभिभावक अर्थात् घरजग्गा धनीले ६० लाखको ५ प्रतिशत अर्थात् ३ लाख रुपैयाँ बुझाएपछि आयस्रोत प्रमाणीकरण हुने भएको छ ।

प्रस्तावित विधेयक ऐन बनेर आएपछि आगामी आर्थिक वर्ष (साउनगते)देखि लागू हुनेछ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It