Lifestyle

नेपालमा कस्ता घरहरू ट्रेन्डमा छन् ? यी हुन् अत्यधिक रुचाइएका ६ डिजाइनहरूः

Pinterest LinkedIn Tumblr

काठमाडौं । कुनैपनि किसिमका संरचना निर्माण गर्दा त्यहाँको भौगोलिक अवस्थालाई विशेष ध्यान दिइन्छ । जसले गर्दा संरचनाको दिगोपनमा निर्धक्क हुन सकिन्छ । तर हिजोआज भौगोलिक अवस्थालाई कम, ट्रेन्डिङ डिजाइनलाई ज्यादा महत्व दिन थालिएको छ । त्यस्तै; नेपालमा नयाँ बन्ने घरहरूको स्वरुप परिवर्तन भएको देख्न सकिन्छ । 

यी हुन्, पछिल्लो समय विशेष महत्व पाएका घरका डिजाइनहरूः
१. आधुनिक बक्स शैलीः

box design house

पछिल्लो समय ‘आधुनिक बक्स डिजाइन’ शहरी क्षेत्रमा सबैभन्दा बढी प्रचलित शैली हो । हेर्दा साधारण तर आकर्षक देखिने हुँदा धेरैले हिजोआज आधुनिक शैली रोज्‍ने गरेका छन् ।

२. नियोक्लासिकल शैली

neo classical house

ग्रिक र रोमनको सभ्यता हो नियोक्लासिल शैली । नेपालमा राणकालिन समयमा नियोक्लासिकल शैली भित्रिएको हो  । यसलाई दरबारिय शैली भनेर समेत चिनिन्छ ।

३. बङ्लो डिजाइन 

bunglow house design

यी घर डिजाइनहरू नियोक्लासिकल र आधुनिक शैलीको फ्युजन गरेर निर्माण गरिन्छ । यस्ता घरहरू शङ्खमुल, ज्वागल, काठमाडौंको लाजिम्पाट बूढानीलकण्ठ र इमाडोल क्षेत्रमा बढि देख्न पाइन्छ । 

४. नेवारी शैली 

newari style house

नेवारी शैलीका घरहरूमा प्यागोडा शैलीको छाना हुन्छ । जुन सामान्यतया इट्टा र ढुङ्गाले बनेको हुन्छ ।  हातले कुँदिएका बास्तुकला नेवारी शैलीको विशेषता हो । मौलिकतालाई जोगाइराख्न हिजोआज यस्ता किसिमका घरहरू पुनः बन्न थालेको देख्न सकिन्छ ।

५. तिब्बतियन शैली

tibetan house

नेपालमा तिब्बतियन शैली पनि उत्तिकै प्रयोगमा छ । काठमाडौंको बौद्ध, जोरपाटी, कपन क्षेत्रका घरमा धेरै तिब्बतियन कला देख्‍न सकिन्छ । 

६. स्टिल स्ट्रक्चर 

steel structure house design

निर्माणमा छिटोछरितो र हेर्दा आकर्षक भएकाले पछिल्लो समय स्टिल स्ट्रक्चर भवन निर्माण रुचाइएको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  
प्रतिक्रिया दिनुहोस्
Pin It