Decor

हिजोआज ट्रेन्डमा रहेका  ७ उत्कृष्ट डाइनिङ टेबलहरू (फोटो फिचर)

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिजोआज बजारमा विभिन्न शैली, आकार, डिजाइन र मूल्यका डाइनिङ टेबल पाइन्छन् । तर, कुन डिजाइनले तपाईंको भान्छाकोठालाई स्टाइलिस लुक दिन्छ र घरको इन्टेरियरसँग मिल्छ भनेर द्विविधामा हुनुहुन्छ भने हालको ट्रेन्ड अनुसार स्टाइलिस लुक दिने र ठाउँअनुसार उपयुक्त देखिने डाइनिङ टेबलहरू तल उल्लेख गरिएको छः

१. आयताकार डिजाइनः यस्ता डिजाइन पुरानो डिजाइन नै मानिए पनि धेरैको घरमा आयताकार डाइनिङ टेबल नै देखिन्छ । साँघुरो तथा कम क्षेत्रफल भएका ठाउँमा आयताकार डाइनिङ टेबल आकर्षक देखिन्छ ।

२. अण्डाकार डिजाइनः घरमा मात्र नभएर क्यान्टिन तथा होटलहरूमा पनि अण्डाकार डाइनिङ टेबल प्रचलित छ । कोठाको बीचमा राख्न उपयुक्त मानिने गोलाकार डाइनिङ टेबलमा आवश्यकताअनुसार कुर्सी थप गर्न सकिन्छ ।

३. वर्गाकार डिजाइनः खुल्ला ठाउँको अधिकतम उपयोगका लागि वर्गाकार डाइनिङ टेबलको प्रयोगलाई राम्रो मानिन्छ । यो टेबलको बीचमा फलफूललगायतका खानेकुरा राख्न पनि सहज हुन्छ ।

४. गोलाकार डिजाइन यसप्रकारको डिजाइन आधुनिक तथा परम्परागत कुनै पनि किसिमको इन्टेरियरमा सुहाउँदो हुन्छ । यसले किचनलाई लग्जरियस लुक दिन्छ । डाइनिङ रुम ठूलो छ भने त्यसका लागि सबैभन्दा राम्रो विकल्प राउन्ड डाइनिङ टेबल नै हुन्छ ।

५. फोल्डिङ डिजाइन 

सानो घरका लागि फोल्डिङ डाइनिङ टेबल उपयुक्त हुन्छ किनभने यसलाई आवश्यक परेका बेला प्रयोग गरी अरू बेला फोल्ड गरेर राख्न सकिन्छ ।

६. Transparent Glass Modern Dining Table Design

पारदर्शी सिसाको डाइनिङ टेबल सफा गर्न सहज हुन्छ । साथै, यसले कोठामा प्रकाश प्रतिबिम्बित गराउने भएकाले यो निकै आकर्षक देखिन्छ । आधुनिक शैलीको पारदर्शी सिसाको डाइनिङ टेबलले घरलाई भव्य र सौन्दर्यपूर्ण लुक दिन सक्छ ।

७. Bench seating dining table set 

आरामदायी र फराकिलो स्पेसका लागि यसप्रकारको डिजाइन उपयुक्त हुन्छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It