Decor

घरको हरेक कुनामा बिरुवा राख्न चाहनुहुन्छ ? यी हुन् उत्कृष्ट ह्यांगिङ प्लान्टहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । विभिन्न किसिमका बिरुवा तथा फूलहरूले घर तथा अफिसलाई आकर्षक बनाउँछन् । थोरै स्पेशमा पनि मज्जाले प्लान्टहरू लगाएर वातावरणलाई स्वस्थ र आकर्षक बनाउन चाहानुहुन्छ भने ह्यांगिङ प्लान्टहरू उपयुक्त विकल्प हुन् । घरभित्र राख्न मिल्ने प्रचलित १० ह्याङ्गिङ प्लान्टका बारेमा तल उल्लेख गरिएको छः    

१.स्पाइडर प्लान्ट (Spider plant)

हावा शुद्धीकरणका लागि एक उत्कृष्ट बिरुवा हो, स्पाइडर प्लान्ट । हल्का छाया आवश्यक पर्ने यो बिरुवाको पात लामो, पातलो तथा चुच्चो हुन्छ । 

Spider Plants
२. इङ्ग्लिस इभी (English ivy plant)

यो बिरुवाको पात गाढा नीलो तथा चम्किलो हुन्छ । यसको जराले हल्का चिसो मन पराउँछ भने यसमा धेरै पानी पनि हाल्नु हुँदैन । यसलाई हल्का छाया पर्ने स्थानमा राख्नु उपयुक्त हुन्छ । 

English Ivy

३. पिटुनिया (Petunia)

चिसो मौसममा सजिलै फुल्ने यो बिरुवाले आफूलाई हरेक प्रकारको वातावरण अनुकूल बनाउँछ । सूर्यको किरणमा यो फूल अझ बढी सुन्दर देखिन्छ ।

English Ivy

४. मनीप्लान्ट (Money Plant)

घर भित्र लगाइने यो बिरुवाले घरमा सकारात्मक उर्जा प्रवाह गर्दछ । मनी प्लान्टलाई कहिले पनि सुक्न दिनु हुँदैन । पानीको कमीले पातहरू पहेँलो हुने वित्तिकै निकालेर फाल्नु पर्छ ।

Money Plant

५. बुरो ट्रेल (Burro’s Tail)

बुरो ट्रेल प्लान्टलाई समृद्धिको प्रतिक मानिन्छ । प्रतीक सूर्य प्रकाशमा राम्रोसँग बढ्छ ।
Burros-Tail
६. स्ट्रिङ अफ पर्ल्स (String-of-pearls)

यो एक प्रसिद्ध ह्याङ्गिङ प्लान्ट हो । यसलाई धेरै पानीको आवश्यकता पर्दैन । लहरामा मोतिका दानाजस्ता देखिने यो प्लान्ट निकै आकर्षक देखिन्छ ।
String-of-pearls

७. स्ट्रिंग अफ बनाना (string of Bananas)

यो दक्षिण अफ्रिकी मूल बिरुवा Asteraceae परिवारको एक प्रजाती हो । यसलाई राम्रो घाम र नियमित पानी चाहिन्छ ।

string of Bananas

८. बोस्टर्न फर्न (Boston Fern)

बोस्टन फर्न हावाबाट हानिकारक विषाक्त पदार्थहरू हटाउने क्षमताको लागि चिनिन्छ । यो ओसिलो माटो र सोझै सुर्यको किरण नपर्ने ठाउँहरूमा फस्टाउँछन् ।

Boston-Fern

९.बेबिज टियर्स (Baby’s Tears)

यो विषाक्त पदार्थहरू हटाउन र अक्सिजनको स्तर बढाउने क्षमताको लागि चिनिन्छ ।  यसलाई बारम्बार पानी हाल्नुपर्छ भने प्रत्यक्ष सूर्यको किरण पर्ने ठाउँमा राख्नु हुँदैन ।

Babys-Tears

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It