Policy

सरकारले घरजग्गा व्यवसायीसँग माग्यो वर्षको दुईवटा प्रतिवेदन

Pinterest LinkedIn Tumblr

काठमाडौं । घरजग्गा किनबेच गर्न दर्ता भएका कम्पनी, संस्था वा व्यक्तिगत रुपमा व्यवसायिक तवरले घरजग्गा कारोबार गर्ने व्यवसायीहरूले सरकारलाई अर्ध र वार्षिक प्रतिवेदन बुझाउनुपर्ने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले परिपत्र जारी गर्दै कुनै पनि प्रकार र मूल्यमा घरजग्गा खरिदबिक्री गराउँदा सम्पत्ति शुद्धिकरण निवारण ऐन बमोजिमका नियम पालना गर्न निर्देशन दिएको हो । 

यससँगै अब घरजग्गा व्यवसायीले सीमा र शंकास्पद कारोबारबाहेकका गतिविधिहरू खुल्नेगरी प्रतिवेदन बुझाउनुपर्ने छ ।

यस निर्देशन बमोजिम घरजग्गा खरिद वा बिक्री गर्ने व्यवसायीले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को व्यवस्था पालना गरी सोको विवरण सम्बन्धित मालपोत कार्यालयमा र सीमा तथा शंकास्पद कारोबारको विवरण नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाईले तोकेको ढाँचा, माध्यम र समयमा उक्त इकाईमा यथासक्य छिटो बुझाउनु पर्नेछ । 

उक्त विवरणसहित सम्बन्धित मालपोत कार्यालयले घर जग्गा खरिद वा बिक्री व्यवसायीले पेस गरेको प्रतिवेदन एकिकृत रुपमा विभागमा बुझाउनुपर्नेछ । साथै, सीमा तथा शंकास्पद कारोबारको विवरण नेपाल राष्ट्र बैंकमा रहेको वित्तिय इकाईले तोकेको ढाँचा सोही इकाईलाई यथाशीघ्र बुझाउन निर्देशन दिएको छ ।

घर जग्गा खरिद वा बिक्री व्यवसायीले पेस गरेको प्रतिवेदन एकिकृत रुपमा विभागमा बुझाउनुपर्नेछ ।  सोही आधारमा विभागले वा विभागले तोकेको अधिकारीले समय समयमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम जोखिमका आधारमा घरजग्गा खरिद वा बिक्री व्यवसायीको निरीक्षण तथा सुपरीवेक्षण र अनुगमन गर्नेछ । निर्देशनविपरीत गतिविधी गरेमा विभागले त्यस्ता व्यवसायीमाथि कारबाही गर्ने चेतावनी दिएको छ । विभागले यसअघि २०७९ जेठ २४ गते जारी गरेको निर्देशन भने खारेज गरेको छ । 

उक्त ऐनको ३० चैत ०८० मा भएको संशोधन गरिएको थियो । यस सँगै विभागले २४ जेठ ०७९ मा जारी गरेको निर्देशन खारेज गरेको छ । 

प्रतिवेदनको ढाँचाः

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It