काठमाडौं । साउन महिनाभर सोमाबारको व्रत बस्ने र शिव मन्दिरमा गएर भगवानलाई पूजा आराधना गर्ने प्रचलन छ । यसरी साउनको सोमबार शिवको पुजा आराधना गर्दा त्यसको फल अधिक प्रभावकारी हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।
यी हुन् उपत्यकाभित्रका नाम चलेका र भक्तजनले रुचाउने शिव मन्दिरहरूः
१. पशुपतिनाथ मन्दिर
पशुपतिनाथको मन्दिर नेपालको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्त्वपूर्ण धार्मिक स्थल हो । पशुपतिनाथको मन्दिरलाई संसारको २७५ शिवको पवित्र स्थान मध्ये एक मानिदै पनि आएको छ ।
२. गोकर्णेश्वर महादेव
गोकर्णेश्वर महादेवको मन्दिर गोकर्णस्थित बाग्मती किनारमा पर्दछ ।
३. डोलेश्वर महादेव
डोलेश्वर महादेवको मन्दिर भक्तपुरको दक्षिण–पूर्वी भागमा अवस्थित सिपाडोल गाउँमा छ । यस मन्दिरलाई केदारनाथको शिर पनि भनिन्छ ।
४. सन्तानेश्वर महादेव
सन्तानेश्वर महादेव मन्दिर ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १३, झरुवारासीस्थित कैलाश पर्वतमा अवस्थित छ ।
५. कैलाशनाथ महादेव
भक्तपुरको साँगामा रहेको कैलाशनाथ महादेव मन्दिरमा विश्वकै अग्लो शिव मूर्ति छ । यो मन्दिर भक्तपुर र काभ्रेपलाञ्चोकको सिमानामा अवस्थित छ ।
६. आशापुरी महादेव
आशापुरी महादेव भक्तपुर जिल्लाको महत्वपूर्ण धार्मिक गन्तव्य मध्ये एक हो । आशापुरी महादेव दुई नदी नैचाल र काँक्रेबारीको सङ्गमस्थलमा छ ।
७. त्रिपुरेश्वर महादेव मन्दिर
त्रिपुरेश्वर महादेवको मन्दिर त्रिपुरेश्वरको बागमती नदी किनारको कालमोचन घाट जाने गल्लीमा छ ।
८. कुम्भेश्वर महादेव
कुम्भेश्वर मन्दिर ललितपुरको एकमात्र पाँचतले मन्दिर हो । यो मन्दिर पाटन दरबार क्षेत्रबाट उत्तरमा रहेको छ ।
९. भालेश्वर महादेव
भालेश्वर महादेव मन्दिर काठमाडौं जिल्लाको चन्दागिरी डाँडामा रहेको प्रसिद्ध मन्दिर हो । सतीदेवीको मृत शरीरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने क्रममा सतीदेवीको भाल अर्थात् निधार पतन भएको हुनाले यो ठाउँमा भालेश्वर भनिएको हो ।
१०. कोटेश्वर महादेव
कोटेश्वर महादेव काठमाडौं जिल्लाको कोटेश्वरको अवस्थित शिव मन्दिर हो ।