काठमाडौं । हरेक दिन मानिसहरूको व्यस्तता बढ्दो छ । यस्तोमा हरेक काम छिटो र छरितो होस भन्ने चाहना हुनु स्वभाविक हो । घरायसी प्रयोजनका लागि बजारमा विभिन्न उपकरण भित्रिरहेका छन् । जसको प्रयोग उपभोक्ताका लागि सामान्य हुँदै गइरहेको छ । यसले गर्दा परम्परागत सामग्रीहरूको प्रयोगमा वृद्धि आएको छ । एकातर्फ, बजारमा पेट्रोलियम पदार्थको मूल्य आकाशीय सँगै विद्युतीय सामग्रीको प्रयोजन बढ्न थालेको हो । अर्कोतर्फ, देशभर लोडसेडिङको अवस्था लगभग शून्यमा छ । यस्तोमा उपभोक्तालाई विद्युतीय उपकरणको प्रयोगमा समेत प्रोत्साहन मिलिरहेको छ ।
हिजोआज भान्छामा प्रयोग हुने सिलौटो देखि कपडा धुने कामलाई समेत विद्युतीय उपकरणले हस्तक्षेप गरिसकेका छन् । सिलौटो, बेलना र चकलाकाे ठाउँमा मिक्सर ग्राइन्डर र राेटी मेकरले लिन थालेका छन् ।
उपभोक्ताको सन्तुष्टिलाई मध्यनजर गर्दै व्यापारीहरूले पनि नयाँनयाँ इलेक्ट्रोनिक्स होम अप्लायन्स बजारमा भित्र्याउने गरेका छन् । तर यिनका फाइदा अथवा बेफाइदा केकस्ता छन् भन्ने विषयमा आज हामी कुरा गर्दैछौँ । सबैभन्दा पहिला त कुरा गरौँ नेपालमा हाल उपलब्ध विद्युतीय घरायसी उपकरणको बारेमा । यदि तपाईं समय बचत र खर्चको कटौती गर्न चाहनुहुन्छ भने यी उपकरण तपाईँका लागि निकै उपयोगी बन्न सक्छन् ।
नेपालमा हाल उपलब्ध विद्युतीय घरायसी उपकरणः
- फ्रिज, डिशवासर,
- माइक्रोवेभ ओभन,
- चिया केट्ली, कफी मेकर मिक्स्चर,
- भ्याकुम क्लिनर,
- एयर प्युरिफायर,
- इन्डक्सन चुल्हाे
- राइस कुकर
- हिटर
विद्युतीय उपकरणका फाइदाहरूः
घरघरमा दैनिक उपभोग्य सामग्रीको विद्युतीय विस्थापन लगभग सर्वव्यापी भएको छ भन्दा फरक नपर्ला । जसले दैनिक रुपमा समय बचत गरी अन्य काममा मद्दत गर्छन् । जब तपाईंले भाँडा वा लुगा हातले धुनु पर्दैन, तपाईंसँग आफ्नो पेसागत जीवन र पारिवारिक माहोलमा ज्यादा ध्यान दिने मौका पाउनुहुनेछ । यसो हुँदा जीवनशैली नै आनन्द र खुशीमय हुन्छ । विद्युतीय उपकरण प्रयोगका फाइदालाई बुँदागत रुपमा हेरौं है तः
- समयको बचत
- कम ऊर्जा खपत
- चलाउन छिटो र छरितो
- मानिस भन्दा राम्रो र धेरै मात्रामा कार्य गर्न सक्ने
- वातावरणमैत्री एक ठाउँबाट अर्को ठाउँमा सार्न सजिलो बहुउपयोगी
विद्युतीय उपकरणका बेफाइदाहरूः
बिजुलीको आविष्कारले हामीलाई सुविधा र नयाँ संसारमा परिचय गराएको छ, तर यो बिजुली प्राय: वातावरणलाई हानिकारक तरिकामा उत्पन्न हुन्छ। कहिलेकाहिँ सटसर्केटले गर्दा आगलागी हुने करेन्ट लाग्ने जस्ता समस्या आउँन सक्छ । विद्युतीय उपकरणहरूले मानिसलाई केहि हदसम्म कम मेहनती र परनिर्भर बनाउँछ । विद्युतीय उपकरण प्रयोगका बेफाइदालाई बुँदागत रुपमा हेरौं है तः
- जोखिमपूर्ण हुन्छ ।
- सट सर्किट भइ करेन्ट लाग्ने सम्भावना हुन्छ ।
- आगलागीको सम्भावना अधिक हुन्छ ।
- मेसिनको कुनै एउटा पार्टमा समस्या देखिएमा चलाउन समस्या हुन्छ ।
- मर्मत हेर बिचार समय समयमा गरीरहनु पर्दछ ।
- तुलनात्मक रुपमा महंगो हुन्छ ।
- आवश्यक मात्रामा मेसिन सुचारु गर्न बिजुली आवश्यक पर्दछ बिद्युतीय स्राेत नहुदा काम लिन सकिँदैन ।
- यि मेसिनहरु बच्चाले भेट्ने ठाउँमा राख्नु खतरापूर्ण हुन्छ ।
- मानिसमा परनिर्भरता बढेर जान्छ ।
- विधुत खपतमा बृद्धि आउँछ ।
विद्युतीय उपकरणले महिलाको जीवनशैलीमा पारेको प्रभावः
नेपालको परिप्रेक्ष्यमा विशेषगरी घरायसी काममा पुरुषभन्दा नारीहरू नै सक्रिय रुपमा सहभागी भएको पाइन्छ । विद्युतीय उपकरणको प्रयोग भान्छाको काममा पनि प्रयोग गर्न सम्भव भएसँगै यसले गृहिणीहरूलाई सहजता मिलेको छ । अर्कोतर्फ बाहिरको कामसमेत भ्याउनपर्ने बाध्यता भएकाहरूलाई त विद्युतीय उपकरण वरदान साबित भएका छन् । स्टोभदेखि डिशवाशरसम्म सबैमा विद्यतिय हस्तक्षेप हुन थालेको छ । लुगा धुने र भाँडा धुने मेसिन , भ्याकुम क्लिनर जस्ता विद्युतीय उपकरणहरूले गृहिणीहरुकाे शारीरिक तनाव बाट छुटकारा मिलेकाे छ ।