Tourism

आहा ! यस्ता पो पार्क

Pinterest LinkedIn Tumblr

काठमाडौं । साताभरको व्यस्तताबाट अलिकति फूर्सद निकालेर बिदाको दिन परिवारसहित रमाउनका लागि उपत्यकाभित्र विभिन्न पार्कहरू छन् । समयको सदुपयोग गर्दै परिवार र बालबच्चासँग पार्क तथा खुला ठाउँमा आनन्द लिन मिल्ने पार्कहरूको फोटो जानकारी आजको लेखमाः

शंखमुल पार्क

काठमाडौंको शंखमुलस्थित बाग्मती नदि किनारको यो पार्क ५२ रोपनी जग्गामा निर्माण गरिएको छ । यहाँ वृद्ववृद्वा, बालबालिका र वयस्क सबैले आनन्दको समय बिताउन सक्छन् । 

आहा ! यस्ता पो पार्कः उपत्यकाभित्र बिदाको दिन रमाउन सकिने ठाउँहरू

शंखधर उद्यान (रत्नपार्क)

रंगिविरंगी फूल, हरियाली, ठूला रुखहरू र बच्चाहरु खेल्न सक्ने गरि पार्क निर्माण गरिएको छ । 

आहा ! यस्ता पो पार्कः उपत्यकाभित्र बिदाको दिन रमाउन सकिने ठाउँहरू

बोटानिकल गार्डेन (गोदावरी) 

जङ्गलको बीचमा शान्त हरियाली र शितल हावाको साथमा सुन्दर फूल तथा बोटविरूवा पानीको अवलोकन गर्न सकिन्छ । 

आहा ! यस्ता पो पार्कः उपत्यकाभित्र बिदाको दिन रमाउन सकिने ठाउँहरू

मञ्जुश्री पार्क 

उपत्यकाबाट नजिक शान्त, शीतल प्राकृतिक पर्यावरणको सौन्दर्यले भरिपूर्ण धार्मिक र पर्यटकीय महत्व अनुपम संगम हो । पार्कमा स्थापना गरिएको मञ्जुश्रीको ३३ फिटको ढुङ्गाको मूर्तिले विशेष आकर्षण थपिएको छ ।

आहा ! यस्ता पो पार्कः उपत्यकाभित्र बिदाको दिन रमाउन सकिने ठाउँहरू

 बुद्व शान्ति पार्क

उपत्यकाबाट केहि दुरीमा अवस्थित बुद्व शान्ति पार्कमा शान्त वातावरणमा आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ । बुद्व शान्ति पार्क कमलविनायक, तेलकोट हुँदै नगरकोट जाने बाटोमा पर्छ ।  

आहा ! यस्ता पो पार्कः उपत्यकाभित्र बिदाको दिन रमाउन सकिने ठाउँहरू

शखं पार्क

हाइवेको छेवैमा भएपनि यो पार्कको वातावरण शान्त छ । विभिन्न बोटबिरुवा तथा सुन्दर गार्डेनसहितको यो पार्क २२ रोपनी क्षेत्रफलमा फैलिएको छ । 

आहा ! यस्ता पो पार्कः उपत्यकाभित्र बिदाको दिन रमाउन सकिने ठाउँहरू

राष्ट्रिय शहिद तथा निजामती स्मारक पार्क 

यहाँबाट हरियाली जङ्गलको शितल हावा र उपत्यकाको सुन्दर दृश्यको अवलोकन गर्न सकिन्छ । ६५० रोपनी क्षेत्रफलमा फैलिएको यो पार्क गोकर्णेश्वर नगरपालीका ४ स्थित जगडोलमा छ । 

आहा ! यस्ता पो पार्कः उपत्यकाभित्र बिदाको दिन रमाउन सकिने ठाउँहरू

कालिका पार्क 

बूढानीलकण्ठ नगरपालिका -२ मा रहेको यो पार्क सार्वजनिक जग्गाहरूको संरक्षण गरि निर्माण गरिएको हो । झन्डै ११ रोपनी क्षेत्रफलमा फैलिएको यस पार्कमा बालबालिकाको लागि खेल्ने मैदानका साथै बस्ने व्यवस्था पनि छ ।

आहा ! यस्ता पो पार्कः उपत्यकाभित्र बिदाको दिन रमाउन सकिने ठाउँहरू

बाइसधारा पार्क

बालाजुको बाइसधारा पार्क प्राकृतिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक हिसाबले महत्वपूर्ण मानिन्छ । फराकिलो खुला ठाउँ, जङ्गल र २२ वटा धाराले यहाँको आकर्षण बढाएको छ । 

आहा ! यस्ता पो पार्कः उपत्यकाभित्र बिदाको दिन रमाउन सकिने ठाउँहरू

प्रतिक्रिया दिनुहोस्
Pin It