Tourism

नवरात्रमा भक्तजनको भिड लाग्ने देशभरका १५ शक्तिपीठ 

Pinterest LinkedIn Tumblr

काठमाडौं । बडादशैंको समय दुर्गा भवानीका विभिन्न अवतारको पूजा आराधना गरिन्छ । देशभरका विभिन्न शक्तिपीठमा महाकाली, महालक्ष्मी, महासरस्वती, अम्बिका, उमा, दुर्गालगायत विभिन्न स्वरूपमा नवदुर्गाको पूजा गर्न घटस्थापनादेखि नै भक्तजनको भीड लाग्ने गर्छ । 

काठमाडौंका शोभा भगवती, दक्षिणकाली र भद्रकाली, गोरखाको मनकामना, काभ्रेको पलाञ्चोक भगवती लगायत मठमन्दिरमा घटस्थापनादेखि नै देवीदर्शन र पूजाअर्चनाका लागि भक्तजनको भीड लाग्ने गर्छ । यसबाहेक देशका विभिन्न शक्तिपीठहरूमा भक्तजनले आस्थाका साथ पूजाअर्चना गर्ने गरेका छन् ।

देशभरका प्रमुख १५ शक्तिपीठहरूः

१. पलाञ्चोक भगवती

पलाञ्चोक भगवतीको मन्दिर काभ्रे जिल्लाको साठीघर भगवती गाविसमा अवस्थित छ । दशैंमा विशेष मेला लाग्ने यस मन्दिरमा घटस्थापनाका दिनदेखि कोजाग्रत पूर्णिमाका दिन सम्म नै भक्तजनहरूको भिड लाग्ने गर्छ । 

palanchok bhagawati

२. माईपोखरी 

इलामको उत्तरी क्षेत्रमा अवस्थित माईपोखरी र नवरात्रको नजिकको सम्बन्ध छ । नवरात्रमा नौकुने पोखरीका नौवटै कुनामा दुर्गाको नौ स्वरूपका रूपमा पूजा गरिन्छ । हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म माईपोखरीमा मण्डप बनाई ब्राह्मणहरूद्वारा सप्तशती पाठ गरिन्छ । 

mai pokhari

३. छिन्नमस्ता (सखडा)

सप्तरी जिल्लाको राजविराजबाट १२ किलोमिटर दक्षिणमा रहेको छिन्नमस्ता (सखडा) भगवती मनोकामना पुरा गर्ने शक्तिपीठका रुपमा चर्चित छ । नेपाल, भारत र बंगलादेशका हिन्दुको समेत आस्थाको केन्द्र सखडामा, दशैंंका बेला हजारौ संख्यामा पशु बलि दिइन्छ ।

chinnamasta tample

४. मनकामना मन्दिर

मनकामना मन्दिर, गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपूर्वी भागमा अवस्थित छ । यहाँ पूजाआजा वा दर्शन गरेमा सम्पूर्ण मनोकामना पुरा हुने जनविश्वास छ । वडा दशैंको अष्टमीका दिन यहाँ बलि दिने गरिन्छ । 

manakamana

५. शैलेश्वरी मन्दिर

डोटी जिल्लाको सिलगढीमा अवस्थित शैलेश्वरी मन्दिर पनि दशैंमा विशेष मेला लाग्ने गरेको छ । यसबाहेक  प्रत्येक वर्ष जेठ र कार्तिक पूर्णिमाका दिन वर्षमा लक्षबहन महायज्ञ हुँदै आएको छ । 

saileshowr tample

६. दन्तकाली मन्दिर

दन्तकाली मन्दिर सुनसरी जिल्लाको धरान उपमहानगरपालिकास्थित विजयपुर डाँडाको मध्यभागमा अवस्थित छ ।

यहाँ दशैंको नौरथामा विशेष मेला लाग्ने गर्छ । यसबाहेक तीज र स्वस्थानी पूर्णिमाका अवसरमा पनि दन्तकालीमा मेला लाग्ने गर्दछ ।

dantakali tample

यो पनि पढ्नुहोस्ः सुख, समृद्धिका लागि दशैंमा जानैपर्ने उपत्यकाका १२ शक्तिपीठहरू 

७. पाथिभरा देवी

ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल पाथिभारमा दशैं लगायत अन्य चाडहरूमा विशेष मेला लाग्ने गर्दछ । साथै यहाँ वर्षभरि भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।

pathibhara devi

८. कालिञ्चोक मन्दिर

दोलखा जिल्लामा अवस्थित कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्वदन्ती छ । यहाँ वडा दशैं, चैते दशैंमा र जनैपूर्णिमा भक्तजनको भिड लाग्ने गर्दछ ।

kalinchok bhagawati

९. बागेश्वरी 

बाँकेको नेपालगञ्जमा अवस्थित चर्चित बागेश्वरी मन्दिरमा दशैंको नौं दिन नै विशेष पूजाआजा हुने गर्दछ । नवरात्रको अवसरमा बागेश्वरीमा आइ व्रतबन्ध विवाह जस्ता संस्कार गर्न मुहूर्त जुराइरहनु पर्दैन भन्ने विश्वास छ । त्यसैले पनि प्रतिपदाको दिनदेखि नै यहाँ विभिन्न संस्कार गर्न आउनेहरूको भीड लाग्छ । यहाँ नौ दिनसम्म मेला लाग्ने गर्छ ।

bageshowi

 १०. चन्द्रघण्टा दुर्गा मन्दिर

कपिलवस्तुको तौलिहवास्थित चन्द्रघण्टा दुर्गा मन्दिरमा दशैंभर यहाँ भक्तजनहरूको ठुलो भिड लाग्ने गर्छ । यस मन्दिरमा आश्विन कृष्ण सप्तमीका दिन स्थानीयले धुमधामका साथ फूलपाती भित्र्याउने गर्छन् । 

chandraghanta tample

११. जलमुखी देवी

जलमुखी देवीको मन्दिर धादिङको चैनपुरमा अवस्थित छ । यस मन्दिरमा मन्दिरमा दशैंमा बढाइँ दिने चलन छ । jawalamukhi tample

१२. बडी मालिकास्थान

कालिकोट जिल्लास्थित बडी मालिका मन्दिर मार्तडीबाट तीन दिनको पैदलयात्रापछि पुगिन्छ । बडादशैं तथा चैतेदशैंमा यहाँ विशेष मेला लाग्ने गर्छ । १२ हजार २ सय १९ फिटको उचाइमा रहेको यो मन्दिरमा अष्टमीका दिन बलि दिएर टीका लगाउन घरमै पुग्ने प्रचलन छ । 

badimalika tample

१३. त्रिपुरा सुन्दरी

बैतडी जिल्लाको दशरथचन्द नगरपालिका र डोल्पा जिल्लामा त्रिपुरा सुन्दरीका एक एक मन्दिर छन् । त्रिपुरा सुन्दरी भगवतीमा दशैंको बेला निकै भिडभाड हुन्छ । पञ्च बलिका लागि प्रख्यात यी मन्दिरमा चैते दसैँ र बडादसैँमा भव्य मेला लाग्छ ।

tripura sundari dolpa
डोल्पा जिल्लामा अवस्थित त्रिपुरा सुन्दरी
tripura sundari batitadi
बैतडीमा अवस्थित त्रिपुरा सुन्दरी
१४. बागलुङ कालिका

बागलुङ जिल्लाको बागलुङ कालिका मन्दिरमा हरेक वर्ष चैते दशैं र बडा दशैंमा नियम पूजा (जसलाई सरकारी पूजा पनि भनिन्छ) हुदैँ आएको छ । दशैंको कालरात्रि र नवमीको दिन यहाँ राँगो, कुखुरा, सुँगुर र परेवाको बलि दिइन्छ ।

baglung kalika tample

१५. खैरावाङदेवी 

खैरावाङ मन्दिर सल्यान जिल्लाको सदरमुकामबाट २० किलोमिटरको दूरीमा अवस्थित छ । यहाँ घटस्थापनादेखि पूर्णिमासम्म ठूलो मेला लाग्छ ।

khairawang bhagawati tample

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It