Tourism

कस्तो होला विश्वकै पहिलो पानीमा तैरिने मस्जिद !

Pinterest LinkedIn Tumblr

काठमाडौं । दुबईमा विश्वकै पहिलो पानीमा तैरिने मस्जिद निर्माण हुने भएको छ । युएई सरकारले इस्लामिक पर्यटनलाई प्रोत्साहन गर्न यस्तो महत्वाकांक्षी परियोजना अघि सारेको हो । 

तीन तलामा निर्माण हुने मस्जिदको आधा संरचना पानी मुनि बनाइनेछ । जसमा प्रार्थना हल, स्नान घर र बाथरुमलगायतका संरचना हुनेछन् । पानीमाथिको दोस्रो र तेस्रो तलामा कफी सप र महिला र पुरूषका लागि इनडोर र आउटडोर लिभिङ क्षेत्र निर्माण हुनेछ । 

आकर्षक डिजाइनमा निर्माण हुने मस्जिदको हलमा ५० देखि ७५ जनासम्म उपासकहरूको अट्नेछन् । 

मस्जिद सबै धर्मका मानिसहरूका लागि खुला हुनेछ । आगन्तुकहरूले इस्लामिक परम्परा र चलनहरू पालन गर्दै शिष्ट किसिमको कपडाको प्रयोग गर्नुपर्नेछ ।

मस्जिदको निर्माणमा कूल ५ करोड ५० लाख दिह्राम लागत लाग्ने अनुमान गरिएको छ । भने, आगामी २०२४ को अन्त्य सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । 

इस्लामिक अफेयर एण्ड च्यारिटेबल एक्टिभिटीज डिपार्टमेन्ट (आइएसिएडी) ले परियोजनाको विकासमा काम गरिरहेको छ । मस्जिद निर्माणको स्थान भने यकिन भइसकेको छैन । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It