Tourism

यी हुन् संसार ५ अनौठा शहरहरूः जहाँ छ विचित्रको चालचलन

Pinterest LinkedIn Tumblr

काठमाडौं । संसारभर शहरीकरण प्रतिको मोह बढ्दो छ । भौतिक पूर्वाधार, सांस्कृतिक पहिचान र बनावटलगायतका कारण शहरहरूको पृथकता झल्किन्छ । दुनियाँमा केही शहरहरू यस्ता पनि छन्, जसको बारेमा हरेक सामान्य व्यक्तिलाई लाग्छ, यस्तो कसरी सम्भव छ ! आज हामी त्यस्तै पाँच अनौठा शहरहरूको संक्षिप्त चर्चा गर्दैछौं ।

१. कोवर पिडी, अष्ट्रेलिया
यस्ता छन् विचित्र पहिचान बोकेका पाँच शहरहरू 

दक्षिणी अष्ट्रेलियामा रहेको कोवर पिडी शहरलाई ‘आधुनिक हेड्स’ पनि भनिन्छ । जमिन मुनी बसाइएको भूमिगत सहर बाहिरबाट हेर्दा मरुभूमि जस्तो देखिन्छ । यद्यपि जमिनमुनी आलिसान संरचना सहितको सुन्दर शहर छ ।   कुनैबेलाको ठूलो  कोपलको खानी आज शहरका रुपमा स्थापित छ । खानीबाट कोपल उत्खनन गर्दा बनेका खाडलमा मानिसहरूले यहाँ घर बनाउन थाले । 

पहिले मरूभूमि क्षेत्रमा हुने गर्मीका कारण मानिसहरू बस्दैनथे । तर पछि माइनिङ गरिएको स्थानमा नै घर बनाइ बस्न थालियो । बाह्रै महिना एकैनास तापक्रम हुने हुँदा यहाँका घरहरूमा न त जाडो महिनामा धेरै जाडो हुन्छ न गर्मीमा धेरै गर्मी । 

कोवर पिडी शहरका घरहरूमा प्रवेश गर्ने ढोका भने जमिनमा नै बनाइएको छ । हाल यहाँ १५ सय घर रहेको अनुमान छ । जहाँ सिनेमा हल, स्टोर, वियर बार, मल, होटल, पव, क्यासिनो, गेम सेन्टर र म्युजियम लगायतका सम्पूर्ण सुविधा उपलब्ध छन् । 

२. पोन्टेभेरा, स्पेन 

यस्ता छन् विचित्र पहिचान बोकेका पाँच शहरहरू 

यो शहर संसारको त्यस्तो शहर हो जहाँको सडकमा सवारीसाधन भेटिँदैनन्, अर्थात् यो कार रहित शहर हो । झण्ड‌ै दुई दशक यताबाट पैदलयात्रीको सहर बनेको पोन्टेभेरामा सवारीसाधनलाई प्रतिबन्ध लगाइएको छ । २२ वर्ष पहिले  ८ लाख जनसंख्या भएको यस शहरमा उत्तीकै मात्रमा कार थिए । जसले गर्दा ट्राफिकको समस्या भएपछि सरकारले  नै पोन्टेभेरालाई कार रहित शहर बनाउने योजना बनाएको थियो । 

हाल यस शहरमाकेही मालबाहक र सार्वजनिक यातायात मात्रै प्रवेश गर्न पाउँछन् ।  पर्यटकहरूका लागि शहरभन्दा बाहिर नै गाडी पार्किङको व्यवस्था गरिएको छ । जसले गर्दा सहरमा कार्बन उत्सर्जन ७० प्रतिशतले घटेको छ । 

यहाँका मानिसहरू हिँडेर वा साइकलमा यात्रा गर्न रूचाउँछन् । पैदल यात्रुलाई गन्तव्यमा पुग्न समस्या नहोस् भनी ठाउँठाउँमा शहरका गल्लीहरू अंकित नक्साहरू राखिएको छ । जसले एक ठाउँबाट अर्को ठाउँमा जान कति समय लाग्छ भन्ने देखाउँछ । 

३. द गार्वेज सिटी, इजिप्ट 

यस्ता छन् विचित्र पहिचान बोकेका पाँच शहरहरू 

यो शहरको वास्तविक नाम मन्सियत नासिर हो । तर हाल यो शहरलाई संसारले ‘द गार्वेज सिटी’को नामले चिन्दछ । 

इजिप्टको राजधानी कयरो नजिक रहेको यो शहरका सडक, गल्ली, घर जताततै फोहोरको थुप्रो देख्न सकिन्छ । यो शहरमा कायरोबाट मात्र नभएर अन्य ठाउँबाट पनि प्रसोधनका लागि फोहोर ल्याउने गरिन्छ । करीब ५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो शहरमा लगभग साढे दुई लाख मानिस बसोबास गर्ने गर्दछन् । 

४. द भिलेज प्लोरिडा, अमेरिका 

यस्ता छन् विचित्र पहिचान बोकेका पाँच शहरहरू 

‘द भिलेज फ्लोरिडा’ अवकास प्राप्त ५५ वर्षभन्दा माथिका वद्धवृद्धाको लागि बनाइएको शहर हो । द भिलेज फ्लोरिडामा ६० हजार भन्दा धेरै घरहरू छन् । यहाँ १९ वर्षभन्दा कम उमेरका मानिस बस्‍न पाउँदैनन् । वद्धवृद्धाको मात्र बसोबास भएको यो शहरमा विकास गति तीव्र देखिन्छ ।  अपराधिक गतिबिधि नहुने यो शहर पूर्ण रूपमा सुरक्षित छ ।  

५. ह्विटर अलस्का, अमेरिका

यस्ता छन् विचित्र पहिचान बोकेका पाँच शहरहरू 

उत्तर अमेरिकाको अलस्कामा एउटा अनौठो बस्ती छ जहाँ आवतजावतका लागि कुनै वैकल्पिक मार्ग छैन । ह्विटर अलस्काको एक भवनसँग एउटा टनेल जोडिएको छ । जसलाई प्रयोग गरी मान्छेहरू आवतजावत गर्दछन् । यहाँको एउटैमात्र टावर बिगिच टावर (begich tower) मा करिब २५० जना मान्छे बस्दछन् ।

यो भवन सन् १९७४ को सितयुद्धका क्रममा अमेरिकी सेनाले बनाएको थियो । सितयुद्धको अन्त्य भएपछि यो भवनमा स्थानिय बस्न थाले । यहाँ जाडो मौसममा अत्यन्तै कम तापक्रम हुने हुँदा बाहिर निस्कन सजिलो छैन । यद्यपि भवनमा मानिसका आवश्यकता अनुसारका सबै कुराहरूको व्यवस्था गरिएको छ । पोस्ट अफिस, रेष्टुरेन्ट, सपिङ मल, सिनेमा हल सबै यहि भवनभित्रै उपलब्ध छन् ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It