Tourism

काठमाडौं नजिकै भएर पनि धेरै पर्यटकले छुटाउँछन् यी ठाउँहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । सन् १९८० देखि हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइँदै आएको छ । नेपाल पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावनाले भरिएको हुँदा यहाँका कतिपय अति सुन्दर र मनोरम स्थानहरू छाँयामा पर्ने गरेका छन् । तीमध्ये काठमाडौं उपत्यकाबाट नजिकमा रहेका सुन्दर गन्तव्यहरूलाई हामीले आजको लेखमा समेटेका छौं । 

१. मोहिनी झरना 

काठमाडौंबाट दक्षिणपश्चिम दिशामा रहेको मोहिनी झरना कुलेखानीको मर्खु क्षेत्रमा अवस्थित छ । मोहनी झरनालाई ठाडोखोला र कुलेखानी झरनालगायतको नामले पनि चिनिन्छ । मर्खु गाउँबाट करिब १.५ घण्टाको पैदल यात्रा वा १ घण्टा सवारीसाधनमा यात्रा गरी मोहिनी झरना पुग्न सकिन्छ । 

mohini jharna

२. धाग्पो शेद्रब लिंग गुम्बा

काठमाडौंबाट करिब २१ किलोमिटर पूर्वमा रहेको धाग्पो शेद्रब लिंग गुम्बा भक्तपुरको नालामा अवस्थित छ । धाग्पो शेद्रब लिंग गुम्बा नाला गुम्बा नामले परिचित छ । dhagposhedrab ling gumba३. मणिचुड दह

समुन्द्री सतहबाट २२३० मिटर उचाइमा रहेको मणिचुड दह बौद्ध धर्मवलम्बीहरूको प्रसिद्ध तीर्थस्थल हो । शङ्खरापुर नगरपालिकामा अवस्थित दहलाई चारैतर्फ जंगलले घेरेको छ । जंगल छिचोलेर वरपर टहल्दै काठमाडौंको सहर र हिमालको आकर्षक दृश्यावलोकन समेत गर्न सकिन्छ । साँखुबाट बज्रबाहिनी मन्दिर, चिहानडाँडा हुँदै ६ किलोमिटर दूरी पार गरि मणिचुड दह पुगिन्छ । यसबाहेक चावहिल-थली-इन्द्रायणी चोक-गागलफेदी बजारबाट कच्ची सडक यात्रापछि मणिचुड पुग्न सकिन्छ ।

manichud daha

४. कालामासी बोजिनी ड्याम 

बोजिनी ड्याम भक्तपुरको कमलविनायक पोखरीबाट नौ किलोमिटरको दूरीमा रहेको कालामासी गाउँ नजिकैको कृत्रिम बाँध हो । यसलाई नगरकोटको लुकेको ताल पनि भनिन्छ । घाँसे मैदानमा कालामासी गाउँलेले सिँचाइको लागि बनाएको बाँध अर्थात् बोजिनी ड्याम पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध छ ।  

bojini dam५. बोसन डाँडा

दक्षिणकाली नगरपालिकामा पर्ने बोसन डाँडा समुद्री सतहबाट १६ सय मिटर उचाइमा छ ।  ह्वाइट हाउसको नामले परिचित बोसन डाँडा छोटो समयको घुमघाम तथा पदयात्रा गर्न चाहानेका लागि उपयुक्त गन्तव्य हो । पुरानो बसपार्कबाट टौदहसम्म बसमार्फत र त्यहाँबाट अफ-रोडिङ हुँदै बोसनडाँडा सम्म पुग्न सकिन्छ । बोसनडाँडाको चुचुरोमा पुग्न टौदहबाट सामान्यतया तीन घण्टा पैदल यात्रा तय गर्नुपर्छ ।

basan dada६. सिम्बा झरना

ललितपुरको दक्षिणी भेगमा अवस्थित सिम्बा झरना रिंगिनखोलाको शिरमा छ । रिंगिनखोला महाँकाल गाउँपालिका वडा नं १ बुखेलको खावा भन्ज्याङ र वडा नं.२ को सिमानामा पर्छ । समुन्द्री सतहबाट करिब २,००० मिटरको उचाइमा रहेको झरना मानिखेलमा रहेका ५ वटा साना झरनाहरूको संयोजन हो । 

simba jharna

७. विष्णुद्वार 

शिवपुरी राष्ट्रिय निकुञ्जमा पर्ने विष्णुद्वार धार्मिक स्थल तथा पर्यावरण पर्यटनका लागि परिचित छ । प्रकृतिको आनन्द लिँदै पदयात्रा गर्न चाहनेहरूका लागि बिष्णुद्वार उत्कृष्ट गन्तव्य हो । नारायणस्थानबाट राष्ट्रिय निकुञ्ज हुँदै ६ किमिको यात्रा तय गरेपछि विष्णुद्वार पुगिन्छ । विष्णुद्वार प्रवेशका लागि सैनिक ब्यारेकमा प्रतिव्यक्ति प्रवेश शुल्क १०० रुपैयाँ तिर्नुपर्छ ।

Bishnudwar

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It