News

अपार्टमेन्टको कारोबारमा ३७ प्रतिशतले गिरावट, यस्तो रह्यो आर्थिक वर्ष ०७९/८० को तथ्याङ्क

By BabinaAugust 4, 20231 min read
अपार्टमेन्टको कारोबारमा ३७ प्रतिशतले गिरावट, यस्तो रह्यो आर्थिक वर्ष ०७९/८० को तथ्याङ्क

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० मा बहुतले संयुक्त आवास अपार्टमेन्टको कारोबार लागि खासै सुखद रहेन । आर्थिक मन्दी र बैंकहरूले ऋण दिन समेत कडाइ गरेसँगै नयाँ अपार्टमेन्ट निर्माण नहुँदा कारोबार झनै सुस्ताएको हो । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा देशभर ३६१ युनिट अपार्टमेन्ट मात्र किनबेच भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा दुई सय १७ युनिट कम हो । आ.व ०७८/७९ मा देशभर ५ सय ७८ युनिट अपार्टमेन्ट किनबेच भएका थिए ।

यो पनिः ग्रान्डी टावरका आकर्षक अपार्टमेन्टहरू बिक्रीमा

तरलता अभाव, चर्को ब्याजदर, महँगी लगायतका कारणले नयाँ अपार्टमेन्ट निर्माण नहुँदा स्टक घट्दै गएकाले मूल्य पनि अत्यधिक महँगो हुन थालेको छ । पछिल्लो समय काठमाडौं उपत्यका, पोखरा, भैरहवा, वीरगन्जदेखि झापासम्म नयाँ अपार्टमेन्ट परियोजना निर्माण भइरहेका छन् । तर, ती अपार्टमेन्ट परियोजना मध्यमवर्गलाई लक्षित छैनन् । 

यो पनिः फिटनेसमा ध्यान दिनुहुन्छ ? बिक्रीमा छन् तपाईंलाई सुहाउने अपार्टमेन्ट  

 अपार्टमेन्ट नीतिमा केही सुधार देखिए पनि मन्दीका कारण अपार्टमेन्ट बिक्री हुन समेत सकेका छैनन् । मन्दीकै कारण आवास (अपार्टमेन्ट, हाउजिङ) परियोजना निर्माण सम्पन्न गर्न ढिलाइ भइरहेको छ ।

आर्थिक वर्ष ०७८/७९ र ०७९/८० मा देशभरबाट बिक्री भएका अपार्टमेन्टहरूको विवरणः

महिना  आ.व ०७८/७९ आ.व ०७९/८०
साउन  ५२ २५
भदौ ५६ ३१
असोज ५३ २२
कार्तिक ३५ ३०
मंसिर  ४१ २६
पुस ३० २४
माघ ३२ २२
फागुन ३८ ५१
चैत  ६७ ३८
वैशाख ४१ ३०
जेठ ३५ २९
असार ९८ ३३

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

Apartment transactionsFinancial year 079/80housing

You May Also Like

More stories from Basobaas