काठमाडौं । आर्थिक वर्ष २०७९/०८० मा बहुतले संयुक्त आवास अपार्टमेन्टको कारोबार लागि खासै सुखद रहेन । आर्थिक मन्दी र बैंकहरूले ऋण दिन समेत कडाइ गरेसँगै नयाँ अपार्टमेन्ट निर्माण नहुँदा कारोबार झनै सुस्ताएको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा देशभर ३६१ युनिट अपार्टमेन्ट मात्र किनबेच भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा दुई सय १७ युनिट कम हो । आ.व ०७८/७९ मा देशभर ५ सय ७८ युनिट अपार्टमेन्ट किनबेच भएका थिए ।
यो पनिः ग्रान्डी टावरका आकर्षक अपार्टमेन्टहरू बिक्रीमा
तरलता अभाव, चर्को ब्याजदर, महँगी लगायतका कारणले नयाँ अपार्टमेन्ट निर्माण नहुँदा स्टक घट्दै गएकाले मूल्य पनि अत्यधिक महँगो हुन थालेको छ । पछिल्लो समय काठमाडौं उपत्यका, पोखरा, भैरहवा, वीरगन्जदेखि झापासम्म नयाँ अपार्टमेन्ट परियोजना निर्माण भइरहेका छन् । तर, ती अपार्टमेन्ट परियोजना मध्यमवर्गलाई लक्षित छैनन् ।
यो पनिः फिटनेसमा ध्यान दिनुहुन्छ ? बिक्रीमा छन् तपाईंलाई सुहाउने अपार्टमेन्ट
अपार्टमेन्ट नीतिमा केही सुधार देखिए पनि मन्दीका कारण अपार्टमेन्ट बिक्री हुन समेत सकेका छैनन् । मन्दीकै कारण आवास (अपार्टमेन्ट, हाउजिङ) परियोजना निर्माण सम्पन्न गर्न ढिलाइ भइरहेको छ ।
आर्थिक वर्ष ०७८/७९ र ०७९/८० मा देशभरबाट बिक्री भएका अपार्टमेन्टहरूको विवरणः
| महिना | आ.व ०७८/७९ | आ.व ०७९/८० | 
| साउन | ५२ | २५ | 
| भदौ | ५६ | ३१ | 
| असोज | ५३ | २२ | 
| कार्तिक | ३५ | ३० | 
| मंसिर | ४१ | २६ | 
| पुस | ३० | २४ | 
| माघ | ३२ | २२ | 
| फागुन | ३८ | ५१ | 
| चैत | ६७ | ३८ | 
| वैशाख | ४१ | ३० | 
| जेठ | ३५ | २९ | 
| असार | ९८ | ३३ | 
स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।