News

काठमाडौं महानगरभित्र जग्गाको नयाँ मूल्य सार्वजनिक

By BabinaJune 27, 20231 min read
काठमाडौं महानगरभित्र जग्गाको नयाँ मूल्य सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाभित्रका घरजग्गाको मूल्यांकन गरेको छ । महानगरले आइतबार आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमा जग्गाको नयाँ मूल्यांकन सार्वजनिक गरेको हो ।

विधेयक २०८० अनुसार हनुमानढोका पूर्व नयाँ सडक, महानगरको पुरानो भवन रहेको क्षेत्र, न्यूरोड क्षेत्र, दक्षिण महानगरको पुरानो भवन रहेको क्षेत्र, खिचापोखरी धरहरालगायतको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गा, केशर महल, ठमेल, क्षेत्रपाटी असन, भोटाहिटी, रत्नपार्क, माइतीघर, घण्टाघर तथा दरबार मार्गलगायतका क्षेत्रको जग्गाको मूल्य प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ ।

त्यस्तै, अनामनगर, हनुमानस्थान, थापा गाउँ, गौशालाबाट रातोपुल हुँदै कृष्णपाउरोटीसम्मको जग्गाको मूल्य २८ लाख रुपैयाँ तोकिएको छ । 

चाबहिल चोकको पिपलबोट हुँदै गौरीघाट चोकसम्म, महांकाल, जोरपाटी सडक सम्मको जग्गाको मूल्य १३ लाख रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, महानगरले बाटो नभएका र ‘च’ वर्गका जग्गा ४ लाख रुपैयाँ मूल्यांकन गरेको छ । बाटो नभएकै ‘क’ वर्गका जग्गाको मूल्य २० लाखसम्म गरिएको छ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

Kathmandu metropolisprice of landValuation of land

You May Also Like

More stories from Basobaas