News

मधेश सरकारका जुम्ल्याहा भवनः निर्माणमा त्रुटि हुँदा प्रयोग विहिन

By BabinaOctober 23, 20241 min read
मधेश सरकारका जुम्ल्याहा भवनः निर्माणमा त्रुटि हुँदा प्रयोग विहिन

काठमाडौंजनकपुरधामको रामानन्द चोकदेखि एक सय मिटर उत्तर-पश्चिम तर्फ उभिएका दुई उस्तै भवनहरू हालसम्म प्रयोगमा आउन सकेका छैनन् । यी भवनहरू मधेश सरकारले निर्माण गरेको पहिलो स्थायी भौतिक संरचना हुन् । जसमा कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय राख्ने भनेर भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बनाइएको थियो ।

उक्त भवन ६ करोड २३ लाख १९ हजार ७८१ रुपैयाँ लगानीमा मोहम्मद जफिर कवारी सञ्चालक रहेको जय धनञ्जय रवानी जे.भी. जलेश्वर महोत्तरीले २०७९ सालमा भवन निर्माण गरेको हो । तर, प्रक्रिया सम्बन्धी त्रुटिहरूका कारण यी भवनहरू प्रयोगमा आउन सकेका छैनन् । भवन निर्माणको डीपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट)मा प्रारम्भिक त्रुटिहरू छन्, जसलाई सुधार्न नसकिएसम्म अगाडि बढ्न नसकिने  कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

यी दुवै भवनको निर्माण १४ महिनामा सम्पन्न हुने गरी १९ कात्तिक २०७६ मा सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । निर्माण कम्पनीले सम्झौतापत्रमा उल्लेख भएको रकम भन्दाबढी लागत पेश गरेपनि मन्त्रालयले तीन चरणमा सुरुकै ठेक्का सम्झौता बमोजिम उत्तर तर्फको भवनको लागि भुक्तानी गरेको थियो । सो भवनका लागि विभिन्न चरणमा चार पटक म्याद थपिएको थियो । तर अझै पनि भवन भित्र केही काम पूरा हुन बाँकी नै रहेको छ ।

कानुनी मुद्दा र भुक्तानी विवादः

कानुन विपरीत भुक्तानी गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले तीनवटा शीर्षकबाट २८ लाख ८४ हजार ७७४ रुपैयाँ असुल गरेको छ । महालेखा परीक्षक कार्यालयको प्रतिवेदन अनुसार दुईवटै भवन योजनाबाट २९ लाख ८२ हजार ५६८ रुपैयाँ असुल उपर गरेको हो ।

हाल डीपीआरको फाइल मन्त्रालयमा भेटिएको छैन । जसका कारण निर्माण प्रक्रिया थप जटिल भएको छ । डीपीआर तयार गर्ने कन्सलटेन्सी पहिले काठमाडौंको तीनकुनेमा भएकोमा हाल त्यहाँ नरहेको मन्त्रालयले जनाएको छ ।  जसले यस समस्यालाई गम्भीर बनाएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

Building RegulationsInfrastructure DevelopmentJanakpurMadhesh providenceovernment buildingsurban planning

You May Also Like

More stories from Basobaas