Market

मधेश सरकारका जुम्ल्याहा भवनः निर्माणमा त्रुटि हुँदा प्रयोग विहिन

Pinterest LinkedIn Tumblr

काठमाडौंजनकपुरधामको रामानन्द चोकदेखि एक सय मिटर उत्तर-पश्चिम तर्फ उभिएका दुई उस्तै भवनहरू हालसम्म प्रयोगमा आउन सकेका छैनन् । यी भवनहरू मधेश सरकारले निर्माण गरेको पहिलो स्थायी भौतिक संरचना हुन् । जसमा कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय राख्ने भनेर भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बनाइएको थियो ।

उक्त भवन ६ करोड २३ लाख १९ हजार ७८१ रुपैयाँ लगानीमा मोहम्मद जफिर कवारी सञ्चालक रहेको जय धनञ्जय रवानी जे.भी. जलेश्वर महोत्तरीले २०७९ सालमा भवन निर्माण गरेको हो । तर, प्रक्रिया सम्बन्धी त्रुटिहरूका कारण यी भवनहरू प्रयोगमा आउन सकेका छैनन् । भवन निर्माणको डीपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट)मा प्रारम्भिक त्रुटिहरू छन्, जसलाई सुधार्न नसकिएसम्म अगाडि बढ्न नसकिने  कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

यी दुवै भवनको निर्माण १४ महिनामा सम्पन्न हुने गरी १९ कात्तिक २०७६ मा सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । निर्माण कम्पनीले सम्झौतापत्रमा उल्लेख भएको रकम भन्दाबढी लागत पेश गरेपनि मन्त्रालयले तीन चरणमा सुरुकै ठेक्का सम्झौता बमोजिम उत्तर तर्फको भवनको लागि भुक्तानी गरेको थियो । सो भवनका लागि विभिन्न चरणमा चार पटक म्याद थपिएको थियो । तर अझै पनि भवन भित्र केही काम पूरा हुन बाँकी नै रहेको छ ।

कानुनी मुद्दा र भुक्तानी विवादः

कानुन विपरीत भुक्तानी गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले तीनवटा शीर्षकबाट २८ लाख ८४ हजार ७७४ रुपैयाँ असुल गरेको छ । महालेखा परीक्षक कार्यालयको प्रतिवेदन अनुसार दुईवटै भवन योजनाबाट २९ लाख ८२ हजार ५६८ रुपैयाँ असुल उपर गरेको हो ।

हाल डीपीआरको फाइल मन्त्रालयमा भेटिएको छैन । जसका कारण निर्माण प्रक्रिया थप जटिल भएको छ । डीपीआर तयार गर्ने कन्सलटेन्सी पहिले काठमाडौंको तीनकुनेमा भएकोमा हाल त्यहाँ नरहेको मन्त्रालयले जनाएको छ ।  जसले यस समस्यालाई गम्भीर बनाएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It