काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाले ‘ऐलानी जग्गा उपयोग कार्ड’ वितरण सुरुवात गरेको छ । उपमहानगरपालिकाले सुकुम्बासीलाई लालपुर्जा दिने कार्यक्रमअन्तर्गत उक्त कार्ड वितरण गर्न थालेको हो ।
हालसम्म उपमहानगरपालिकासँग ऐलानी जग्गामा बसोबास गर्नेको तथ्याङ्क छैन । यो कार्यक्रमले पूर्णता पाएसँगै ऐलानी जग्गामा कति परिवार बसेको भन्ने कुरा यकिन हुनेछ । अव्यवस्थित बसोवासी वास्तविक तथा विपन्न-दलित-सुकुम्बासी पनि पत्ता लाग्ने छ ।
वडाबाट सबै ऐलानी जग्गामा बसोबास गर्ने परिवारलाई कार्ड वितरण गरेपछि अमिन आएर नापजाँच हुन्छ ।
नाप जाँचपश्चात् पुर्जा वितरणको काम अघि बढ्ने जनाइएको छ ।
तुलसीपुरका १९ वटै वडाबाट सुरु भएको कार्ड वितरण कार्यक्रम सम्पन्न हुन करिब छ महिनाको समय लाग्न सक्ने अनुमान गरिएको छ ।
उपमहानगरपालिकाको यस कदमले सुकुम्बासी समस्या समाधान हुने अपेक्षा लिइएको छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।