Tourism

यी हुन् ओझेलमा परेका १० पिकनिक स्पट, उपत्यकाबाट नजिक अनि रमणीय पनि

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिउँद लागेसँगै पिकनिक अर्थात् वनभोजको लहर नै चल्न थालेको छ । नाम चलेका स्पटका कारण कतिपय राम्रा स्पटहरू ओझेलमा पर्ने र सिमित क्षेत्रमा भिँडभाड हुने हुन्छ । यस्तोमा एकै स्थानमा पटकपटक पिकनिक जानपर्यो भने खास रमाइलो नहुन पनि सक्छ । त्यसैले आज हामीले उपत्यकाबाट नजिकमा रहेका केही पिकनिक स्पटका बारेमा लेख तयार गरेका छौं ।

१. सिकाली 

यी हुन् ओझेलमा परेका १० पिकनिक स्पट, उपत्यकाबाट नजिक अनि रमणीय पनि

काठमाडौं उपत्यकाको दक्षिणी भागमा अवस्थित सिकाली प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्र हो । उपत्यकाबाट करिब १० किलोमिटरको दुरीमा रहेको सिकाली मन्दिरको रूपमा पनि परिचित छ । उपत्यकाको भीडभाड र कोलाहालबाट टाढा, साथीहरूसँग ह्याङ आउट गर्न सिकाली उपयुक्त ठाउँ हो । वरपर सफा वातावरण, हरियालीसँगै चन्द्रागिरि र चम्पादेवी पहाडको दृश्य यहाँको मुख्य आकर्षण हो । 

२. दामन 

यी हुन् ओझेलमा परेका १० पिकनिक स्पट, उपत्यकाबाट नजिक अनि रमणीय पनि

मकवानपुर जिल्लाको उत्तरी भागमा पर्ने दामन थानकोट, नौबिसे हुँदै पृथ्वी राजमार्गबाट ७५ किलोमिटर दूरी पार गरी तीन घण्टामा पुग्न सकिन्छ । २ हजार ६ सय ८८ मिटर उँचाइ रहेको दामन हिमशृंखला र वरपरका पर्वत अवलोकनका लागि निकै प्रसिद्ध छ । जहाँ रहेको भ्यू टावरबाट सगरमाथा लगायतको प्रष्ट दृष्य र अधिकांश हिमालयको दृश्य अवलोकन गर्न सकिन्छ । दामन दक्षिणकाली बाट कुलेखानी हुदैँ अथवा थानकोटको चन्द्रागिरी हुँदै दामन पुग्न सकिन्छ । यस क्षेत्रमा हिउँको मज्जा लिन पनि मानिसहरू पुग्ने गर्दछन् । 

३. गुन्डु 

यी हुन् ओझेलमा परेका १० पिकनिक स्पट, उपत्यकाबाट नजिक अनि रमणीय पनि
गुन्डु

भक्तपुरको दक्षिणमा अवस्थित गुन्डु ड्राइ पिकनिकका लागि उपयुक्त ठाउँ हो । हरियाली र डाडाकाँडाले घेरिएको यस क्षेत्र पछिल्लो समय निकै चर्तित छ । प्रकृति प्रेमिहरूका लागि गुन्डु उपयुक्त ठाउँ हो । घाँसे मैदान र प्रकृति बाहेक तालिमका लागि नेपाली सेनाले निर्माण गरेको कृत्रिम विमान यहाँको अर्को आकर्षण हो । गुन्डु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १० किलोमिटरको दुरीमा रहेको छ ।

४. सूर्य चउर

यी हुन् ओझेलमा परेका १० पिकनिक स्पट, उपत्यकाबाट नजिक अनि रमणीय पनि
सुर्य चउर

काठमाडौं नजिकै र राम्रो पिकनिक स्पटको खोजीमा हुनुहुन्छ भने सूर्य चहुर  उपयुक्त गन्तव्य हुनसक्छ । सूर्यचहुर नुवाकोटको सदरमुकाम त्रिशूली जाने मुख्य राजमार्गबाट ४/५ किलोमिटरको दूरीमा रहेको छ । लाङटाङ, मनास्लु, दोर्जे लाक्पा जस्ता हिमालहरू मनमोहक दृश्य र तलका सुन्दर उपत्यकाहरू हेर्नका लागि स्थानीय तथा पर्यटकका लागि प्रसिद्ध गन्तव्य हो । यस क्षेत्रमा पिकनिकको लागि प्रशस्त स्पटहरू रहेका छन् साथै पानीको राम्रो सुविधा रहेको छ ।

५. चित्लाङ

यी हुन् ओझेलमा परेका १० पिकनिक स्पट, उपत्यकाबाट नजिक अनि रमणीय पनि
चित्लाङ

चित्लाङ काठमाडौं उपत्यकाको दक्षिणपश्चिम दिशामा २२ किलोमीटर दूरीमा अवस्थित छ । प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको एक साथ अनुभव लिन चाहनेहरूका लागि यो उपयुक्त गन्तव्य हुनेछ । घाँसे चहुर र नासपाती बगैंचाको बीचमा काठ, ढुंगा, माटो र टिनबाट बनाइएका स-साना कटेज यहाँको मूख्य आकर्षण हो । देशकै सबैभन्दा ठूलो चरनक्षेत्र भएको पहाड यहाँको अर्को आकर्षकिय पक्ष हो । दक्षिणमा देशकै ठूलो मानव निर्मित ताल इन्द्रसरोवर, पूर्वमा दामन, पालुङ र उत्तरमा काठमाडौंसँग जोडिएको यस क्षेत्र सुन्दरताले भरिपूर्ण छ ।

६. इन्द्रसरोवर 

यी हुन् ओझेलमा परेका १० पिकनिक स्पट, उपत्यकाबाट नजिक अनि रमणीय पनि
इन्द्रसरोवर

नेपालकै पहिलो मानव निर्मित जलाशयको रपमा परिचित छ इन्द्रसरोवर । इन्द्रसरोवर मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा अवस्थित छ ।  प्राकृतिक मनमोहक सुन्दरतासँगै इन्द्रसरोवर ताल, झरना ऐतिहासिक मन्दिर राणाकालीन दरबारहरु यस क्षेत्रको आकर्षण हो । त्यस्तै, मौसम अनुसार रङ्ग बदल्नु यस तालकोल मुख्य आकर्षण हो । ३ सय मिटर चौडा तथा ७ किलोमिटर लामो इन्द्रसरोवरमा बोटिङको समेत व्यवस्था छ । इन्द्रसरोवरको किनारमा थुप्रै लज तथा होटलहरू रहेका छन् । जसले पिकनिकको व्यवस्थापन समेत गरिदिन्छन् ।

इन्द्र सरोवर जानको लागि धेरै बाटोहरू छन् । काठमाडौंबाट इन्द्र सरोवर पुग्न तीन रुटका मोटर मार्ग छन् । फर्पिङ हुँदै ४५ किमि, सिस्नेरी हुँदै ५५ किलोमिटर र चन्द्रागिरीबाट चित्लाङ हुँदै ३० किलोमिटरको दूरीमा पर्दछ । 

७. भोटे चहुर

यी हुन् ओझेलमा परेका १० पिकनिक स्पट, उपत्यकाबाट नजिक अनि रमणीय पनि
भोटे चउर

काठमाडौं नजिकैको यो पिकनिक स्पट सिन्धुपाल्चोक जिल्लाको पश्चिम दिशामा अवस्थित छ । भोटेचौरलाई ‘मिनी इलाम’ को रुपमा पनि चिनिन्छ । करिब १३ सय रोपनी क्षेत्रफलमा फैलिएको चिया बगान यस क्षेत्रको मूख्य आकर्षण हो । बौद्ध, जोरपाटी, साँखु, जर्सिङ पौवा, धारापानी हुँदै देउराली डाँडा खोल्सापारी नगर गिरानचौर गाविस हुँदै भोटेचौर पुग्न सकिन्छ । चावहिलबाट ३८ किलोमिटर टाढा रहेको यस क्षेत्रमा सुविधायुक्त पिकनिक स्पटका साथै होटलहरू पनि छन् । 

८. लाँकुरी भन्ज्याङ 

यी हुन् ओझेलमा परेका १० पिकनिक स्पट, उपत्यकाबाट नजिक अनि रमणीय पनि
लाँकुरी भन्ज्याङ 

काठमाडौंको नजिकै रहेको लाँकुरी भन्ज्याङ  पिकनिकका लागि प्रसिद्ध छ । ललितपुरको महालक्ष्मी नगरपालिकामा पर्ने लाँकुरी भन्ज्याङबाट काठमाडौं उपत्यका र सगरमाथा, गणेश हिमाल लगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ । साथै लाँकुरी भन्ज्याङबाट सूर्योदयको मनोरम दृश्य पनि हेर्न पाइन्छ । लाँकुरी भन्ज्याङ वैदिक कालको सांस्कृतिक स्तम्भका रूपमा रहेको शृंग ऋषिको गुफाको कारण पर्यटन गन्तव्यका रूपमा परिचित छ । ललितपुर ग्वार्काेबाट १६ किलोमिटर दूरिमा रहेको लाँकुरी भन्ज्याङ ग्वार्काे, सानाेगाउ, लुभु हुँदै जान सकिन्छ । 

९. नगरकोट

यी हुन् ओझेलमा परेका १० पिकनिक स्पट, उपत्यकाबाट नजिक अनि रमणीय पनि
नगरकोट

नगरकोट राजधानी काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्व र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित छ । खानपिन र बसोबासका लागि सामान्यदेखि स्तरीय होटल तथा रिसोर्टको सुविधाका लागि प्रसिद्ध नगरकोटमा थुप्रै पिकनिक स्पटहरू पनि छन् । यहाँबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाका साथै धौलागिरिदेखि कञ्चनजङ्घा हिमशृङ्खलासम्मका मनास्लु, गणेश हिमाल, लामटाङ हिमाल, गौरीशङ्कर, ल्होत्सेलगायत हिमाल देख्न सकिन्छ । 

१०. नमोबुद्ध 

यी हुन् ओझेलमा परेका १० पिकनिक स्पट, उपत्यकाबाट नजिक अनि रमणीय पनि
नमोबुद्ध

उपत्यकाबाट नजीकमा रहेको शान्त र रमणिय स्थान हो नमोबुद्ध । बौद्ध धर्मप्रतिको आस्था र शान्त परिवेश झल्काउने यो क्षेत्र काठमाडौंबाट करीब ४० किलोमिटरको दूरीमा छ । काभ्रे जिल्लाको धुलिखेल नजिकै रहेको नमोबुद्धको थुम्कामा कलात्मक चैत्य, गुम्बा, गुम्बाभित्रका मनमोहक बुद्धका मुर्तिहरू, जंगलको पाउमा फिँजारिएर सुतेको सम्म परेको फाँट र महाभारत लेकले जो कोहिलाई मोहित पार्छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It