काठमाडौं । टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाएको छ । टोखा–८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा अवैध रूपमा जग्गा कब्जा गरेर बनाइएका संरचना डोजर लगाएर हटाइएको हो ।
लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउन थालिएको जनाइएको छ ।
यो पनिः टोखामा अट्याच्ड बाथरुम सहितको २.५ तले बंग्लो डिजाइनको घर बिक्रीमा छ ।
संरचना भत्काउन पटक पटक सूचना जारी तथा प्रत्यक्ष भेटेर अनुरोध गरे पनि खाली नगरेपछि नगरपालिकाले नै भत्काउन थालेको हो ।
नगरभित्रका सम्पूर्ण सार्वजनिक जग्गा नगरपालिकाको संरक्षणमा हुनुपर्ने र कुनै व्यक्तिले पनि उपभोग गर्न नमिल्ने नगरपालिकाले जनाएको छ ।
यो पनिः टोखा-मालुङ-काठमाडौंमा नयाँ बनेको घर बिक्रीमा छ ।
प्रतिक्रिया दिनुहोस्