News

अतिक्रमण बढेपछी कुरी बजार क्षेत्रको जग्गा खोजबिन सुरु

By BabinaAugust 5, 20241 min read
अतिक्रमण बढेपछी कुरी बजार क्षेत्रको जग्गा खोजबिन सुरु

काठमाडौं । कालिञ्चोक गाउँपालिकाले कुरी बजार क्षेत्रको जग्गा खोजबिन गरिने भएको छ । लामो समयदेखि कुरी बजारको जग्गा कसको स्वामित्वको हो भन्ने यकिन नहुँदा तीव्र रूपमा अतिक्रमण बढ्न थालेपछी खोजबिन गर्न लागिएको हो ।

यस क्रममा पालिकाले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, गुठी संस्थानलगायतलाई आ-आफ्ना प्रमाण पेस गर्न पत्राचार गरिएको छ । तर हालसम्म कतैबाट पनि प्रतिक्रिया नआएको गाउँपालिकाले जनाएको छ ।

यो जग्गा वन मन्त्रालय अन्तर्गत सामुदायिक वन समूहको हो कि भूमिसुधार मन्त्रालय अन्तर्गत गुठी संस्थानको हो भन्ने नाटकीय दाबीले अतिक्रमणकारीलाई जग्गा ओगट्न सहज भइरहेको छ ।

गत २०६५ सालमा जिल्ला वन कार्यालयले झरेनी सामुदायिक वनलाई हस्तान्तरण गरेपछि पनि संरक्षण हुन नसकेको उक्त क्षेत्रमा हाल करोडौँको लगानीमा डेढ सयभन्दा बढी होटेल बनेका छन् भने ४५ करोड लागतमा केबुलकार निर्माण भइ सञ्चालनमा आइसकेको छ ।

गुठीले वि.सं. १८८६ वैशाख १४ को अस्पष्ट लालमोहरको कागज प्रमाणका आधारमा कालिञ्चोक दर्शन प्रालिलाई केबुलकार निर्माण गर्न स्वीकृति दिएको थियो ।

केबुलकार बन्न थालेपछी उक्त क्षेत्र कसको हो भन्ने विवादका कारण तोडफोड, झडपको स्थिति बेला बखतमा चर्कदै आएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

kalinchokKuri market arealand scandal

You May Also Like

More stories from Basobaas