News

मदन भण्डारी लोकमार्गः सडक विभागको नाममा छैन जग्गाको लालपूर्जा

By BN EditorialSeptember 19, 20231 min read
मदन भण्डारी लोकमार्गः सडक विभागको नाममा छैन जग्गाको लालपूर्जा

काठमाडौं । उदयपुर जिल्लाको राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लोकमार्ग जग्गाधनीको नाममा रहेको खुलेको छ । मदन भण्डारी लोकमार्गको चौदण्डीगढी नगरपालिका–४ बसाहादेखि कटारी नगरपालिका सिन्धुलीको सीमासम्म करिव ८५ किलोमिटर पूरै सडक जग्गाधनीकै जग्गामा सडक निर्माण गरिएको पाइएको हो ।

सडक विभागको नाममा हुनुपर्ने जग्गाको लालपुर्जा हालसम्म पनि व्यक्तिको नाममा सडक कायम रहेको खुलासा भएको छ । उदयपुर खण्डमा पर्ने मदन भण्डारी लोकमार्ग चौदण्डीगढी, त्रियुगा नगरपालिका, उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिका हुँदै सिन्धुलीको दुधौलीबाट भिमानमा बीपी लोकमार्गमा जोडिन्छ ।

पुरानो बाटोलाई नै फराकिलो पारेर निर्माण गरिएको मदन भण्डारी लोकमार्गमा पर्ने जग्गाको मुआब्जा दिइएको छैन । साथै मालपोत ऐन २०३४ अनुसार जग्गा अधिग्रहण पनि नगरिएको हुँदा हालसम्म व्यक्तिको नाममा सडक कायम छ ।

सडक जस्तो महत्वपूर्ण भौतिक यातायात पूर्वाधार निर्माण गर्दा जग्गाधनीबाट सडकका नाममा जग्गा लिएपछि लगतकट्टा गरेर मात्र सडक निर्माण गर्नुपर्नेमा सो कार्य नगरेका कारण सडक, मालपोत, नापी कार्यालयलाई समेत निकट भविष्यमा समस्या आउन सक्ने र एकैपटकमा हुने काम पुनः गर्नुपर्ने भएकोले खर्चसमेत बढ्न सक्ने मालपोत कार्यालयले जनाएको छ ।

सडक निर्माणको क्रममा सम्बन्धित जग्गाधनीसँग आपसी सहमतिका आधारमा सडक निर्माण गरिएको हुँदा जग्गाको मुआब्जा नदिइएको तर सडकमा परेका घर टहरा गोठको भने मुआब्जा दिइएको सम्बन्धित पक्षले जनाएको छ ।

सडक छुट्याएर व्यक्तिका नामबाट सडक विभागका नाममा ल्याउन लगत कट्टा गर्ने काम बाँकी रहेको छ । मालपोत र नापी कार्यालयसँग समन्वय गरी कर्मचारी खटाएर नाप जाँच गरी व्यक्तिको नामको सडकलाई लगत कट्टा गरी सडक कार्यालयका नाममा तुरुन्तै ल्याइने आश्वासन दिएका छन् ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

BP LokmargMadan Bhandari Lokmargnational pride projectRoad Department

You May Also Like

More stories from Basobaas