Market

नयाँ आर्थिक वर्षको सुरुवातमै घट्यो कारोबार, राजश्व संकलनमा उपत्यका अगाडि

Pinterest LinkedIn Tumblr

काठमाडौं । साउन महिनामा घरजग्गा कारोबारमा पुनः गिरावट देखिएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार साउनमा देशभर ४३ हजार ८ सय ३५ संख्यामा घरजग्गा कारोबार भएको छ । जबकि असारमा देशभरका मालपोत कार्यालयबाट ४६ हजार १ सय ७९ संख्यामा घरजग्गाको लिखत पारितभएको थियो । 

कहाँ, कति भयो किनबेच ?

काठमाडौं जिल्लामा कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ६ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार कलंकी मालपोत कार्यालयबाट ६ सय ५४ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम टोखा मालपोत कार्यलयबाट १ सय ७१ छ ।

त्यसैगरी, भक्तपुरबाट ८ सय ३० को संख्यामा वटा घरजग्गा लिखत पारित भएको छ । मालपोत कार्यालय लगनखेलबाट ९ सय ८ र मालपोत कार्यालय गोटीखेलबाट १३ वटा घरजग्गा लिखत पारित भएको छ ।

उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सुनसरीबाट १९ सय ४ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम मालपोत कार्यालय, सिर्दिवासबाट १ संख्यामा लिखत पारित भएको छ ।

उपत्यका बाहिरको कारोबारको अवस्थाः
क्र. सं  मालपोत कार्यालय लिखत पारित राजस्व संकलन 
१. भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी १,९०४ ९ करोड २१ लाख ८८ हजार १ सय ३१
२. भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी १,६०८ ३ करोड १४ लाख ३५ हजार १ सय २२
३. मालपोत कार्यालय बेलवारी, मोरङ १,५२० ५ करोड ६२ लाख ९२ हजार ८ सय २५
४.  भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा १,४६५ ९ करोड १६ लाख ९० हजार १ सय ६६
५.  भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा १,२१५ ४ करोड ७९ लाख ४६ हजार ७ सय ५७

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

राजस्व संकलनको अवस्थाः

कारोबार घटेसँगै साउनमा राजस्व संकलनमा समेत गिरावट आएको छ । साउनमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब  ८३ करोड ५० लाख ८२ हजार ८८५ राजस्व प्राप्त गरेको छ । गत असारमा ४ अर्ब ६१ करोड २५ लाख रूपैयाँ संकलन भएको थियो ।

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।

असारमा सरकारले सेवाकर बापत देशभरबाट कुल २६ करोड ६८ लाख ७८ हजार ८ सय ५८ रुपैयाँ राजश्व संकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेशन दस्तुरबापत जम्मा २ अर्ब ५५ करोड १९ लाख ५१ हजार १ सय ९५ रुपैयाँ संकलन गरेको छ । र पुँजीगत लाभकरबाट १ अर्ब ३४ करोड ६९ लाख ४८ हजार ८ सय ६६ रुपैयाँ संकलन गरेको छ । 

साउनमा उपत्यकाका मालपोत कार्यलयहरूले नै सबैभन्दा बढि राजस्व संकलन गरेका छन् । 

उपत्यकाभित्रका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजश्व संकलनको अवस्थाः
क्र. सं  मालपोत कार्यालय लिखत पारित राजस्व संकलन 
१. मालपोत कार्यालय कलंकी, काठमाडौं ६५४  २२ करोड २७ लाख ८ हजार ७ सय १
२. मालपोत कार्यालय चावहिल, काठमाडौं ४५३ २२ करोड ४२ लाख ७७ हजार २ सय १६
३. मालपोत कार्यालय साँखु, काठमाण्डौं ४१४ ८ करोड ९८ लाख ५१ हजार ३ सय ३५
४.  मालपोत कार्यालय मनमैजु, काठमण्डौं २९४ ९ करोड ५३ लाख ९५ हजार ४ सय ५०
५.  भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाण्डौ १८४  २९ करोड ३९ लाख ६७ हजार १७
६.  मालपोत कार्यालय टोखा, काठमाण्डौं १७१ ५ करोड ४३ लाख ५८ हजार ७ सय २१

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

देशभरबाट सबैभन्दा धेरै राजस्व संकलन भएका मालपोतहरूः
क्र. सं  मालपोत कार्यालय राजस्व संकलन 
१. भू.मा.का लगनखेल, ललितपुर ३४ करोड २७ लाख ४१ हजार ५ सय ४६ रुपैयाँ
२. भू.मा.का डिल्लीबजार, काठमाडौं २९ करोड ३९ लाख ६७ हजार १७ रुपैयाँ
३. भू.मा.का भक्तपुर २३ करोड ३७ लाख २२ हजार ४ सय २७ रुपैयाँ
४.  मालपोत कार्यालय चावहिल, काठमाडौं २२ करोड ४२ लाख ७७ हजार २ सय १६ रुपैयाँ
५.  भू.मा.का कलंकी, काठमाडौं २२ करोड २७ लाख ८ हजार ७ सय १ रुपैयाँ

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It