काठमाडौं । फागुन महिनामा घरजग्गा कारोबार स्थिर देखिएको छ । फागुनमा देशभरका मालपोत कार्यालयबाट ५० हजार ९ सय ९८ को संख्यामा लिखत पारित भएको छ । जुन माघको तुलनामा ७७ ले बढि हो ।
माघमा देशभर ५० हजार ९ सय २१ संख्यामा घर जग्गा लिखत पारित भएको थियो ।
कहाँ कति भयो किनबेच ?
काठमाडौं जिल्लामा कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ६ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार कलंकी मालपोत कार्यालयबाट भएको छ ।
कलंकीबाट ७ सय ७ संख्यामा घरजग्गा लिखत पारित भएको छ । त्यस्तै, चाबहिलबाट ४ सय ५१, साँखुबाट ४ सय २, मनमैजुबाट ३ सय १५, डिल्लिबजारबाट २ सय ११ र टोखाबाट १ सय ९१ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।
त्यसैगरी, भक्तपुरबाट ९ सय ७१ को संख्यामा वटा घरजग्गा लिखत पारित भएको छ ।
त्यस्तै, ललितपुरमा २ वटा मालपोत कार्यलय छन्ः भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल र मालपोत कार्यालय गोटीखेल । जसमध्ये लगनखेल मालपोत कार्यालयबाट ९ सय ३१ संख्यामा घरजग्गा लिखत पारित भएको छ भने गोटीखेलबाट २४ को संख्यामा घरजग्गा लिखत पारित भएको छ ।
उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सुनसरीबाट फागुनमा २ हजार ६ संख्यामा घरजग्गा लिखत पारित भएको छ । त्यस्तै, जनकपुरधाम धनुषाबाट १९ सय ९७, भद्रपुर झापाबाट १८ सय ५०, बेलवारी मोरङबाट १६ सय ४३ र राजविराज, सप्तरीबाट १३ सय ६५ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।
राजश्व संकलनको अवस्थाः
फागुनमा घरजग्गा किनबेच स्थिर रहे पनि राजश्व भने थोरै वृद्धि भएको देखिन्छ । फागुनमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ५९ करोड २६ लाख ९१ हजार ८१ रुपैयाँ राजश्व संकलन गरेको छ । माघमा घरजग्गा कारोबारबाट ३ अर्ब ३७ करोड ५७ लाख ४६ हजार २ सय ३१ रुपैयाँ राजश्व संकलन भएको थियो ।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजश्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर, सेवा कर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ ।
फागुनमा सरकारले सेवाकर बापत देशभरबाट कुल २५ करोड ६५ लाख ३८ हजार १ सय २४ रुपैयाँ राजश्व संकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेशन दस्तुरबापत जम्मा २ अर्ब ३८ करोड १२ लाख २२ हजार ९ सय ६३ रुपैयाँ संकलन गरेको छ । र पुँजीगत लाभकरबाट १ अर्ब २८ करोड ५० लाख ५८ हजार १ सय ७७ रुपैयाँ संकलन गरेको छ ।
देशभरका मालपोत कार्यालयबाट भएको कारोबार अवस्थाः
क्र.सं | मालपोत कार्यालय | लिखत पारित | सेवाकर | रजिष्ट्रेशन दस्तुर | पुँजीगत लाभकर |
१. | भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी | २००६ | ६५ लाख १३ हजार ९ सय २७ | ६ करोड ९४ लाख २९ हजार ८ सय ८ | ४ करोड ८ लाख ८७ हजार सात हजार ७३ |
२. | भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा | १९९७ | ३८ लाख ८१ हजार ७ सय ४२ | ३ करोड ८६ लाख ६६ हजार १ सय ४४ | १ करोड ७८ लाख ३३ हजार ३ सय १५ |
३. | भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा | १८५० | ५५ लाख ४३ हजार ८ सय ४३ | ४ करोड १६ लाख २७ हजार ५ सय ९८ | २ करोड ८ लाख १९ हजार ४ सय ८० |
४. | मालपोत कार्यालय बेलवारी, मोरङ | १६४३ | ३६ लाख ४ हजार ५ सय ८७ | ३ करोड ९० लाख ३ सय | २ करोड १४ लाख ७१ हजार १ सय ६९ |
५. | भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी | १३६५ | १८ लाख ६४ हजार ७ सय ९९ | २ करोड ३ लाख ४४ हजार ४ सय ३६ | ६० लाख ४७ हजार ६ सय ९३ |
स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग
काठमाडौंका मालपोत कार्यालयबाट भएको कारोबार अवस्थाः
क्र.सं | मालपोत कार्यालय | लिखत पारित | सेवाकर | रजिष्ट्रेशन दस्तुर | पुँजीगत लाभकर |
१. | मालपोत कार्यालय कलंकी, काठमाण्डौं | ७०७ | ९६ लाख ९ हजार १ सय ३४ | १५ करोड २३ लाख ६९ हजार ७ सय ५५ | ८ करोड ८ लाख ६० हजार ५ सय २८ |
२. | मालपोत कार्यालय चावहिल, काठमाण्डौं | ४५१ | १ करोड ८० लाख ५३ हजार ७ सय ९१ | १६ करोड ५६ लाख ८२ लाख ४ | ७ करोड ४४ लाख ६७ हजार |
३. | मालपोत कार्यालय साँखु, काठमाण्डौं | ४०२ | ४७ लाख ५९ हजार ४ सय २८ | ५ करोड २७ लाख ४६ हजार ८ सय ६५ | ३ करोड ५२ लाख ६२ हजार १ सय ८६ |
४. | मालपोत कार्यालय मनमैजु, काठमण्डौं | ३१५ | ६६ लाख २२ हजार ६ सय ५५ | ४ करोड ८७ लाख ९४ हजार ५ सय ९१ | २ करोड ७६ लाख ७५ हजार १ सय १५ |
५. | मालपोत कार्यालय टोखा, काठमाण्डौं | १९१ | ३४ लाख ३० हजार ७ सय ८५ | ५ करोड ३ लाख ७६ हजार ७ सय ९३ | ३ करोड ५४ लाख १९ हजार ५ सय ८६ |
स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।