काठमाडौं । असोज महिनामा घरजग्गा कारोबार झन घटेको छ । सरकारले भूउपयोग नियमावली-२०७९ संशोधन गरी जग्गा कित्ताकाटमा समेत सहजीकरण गरे पनि कारोबारमा गिरावट आएको हो ।
असोजमा ३० हजार ५२७ मात्रै पारित भएको छ । अघिल्लो वर्षको असोजमा ३९ हजार ८८१ लिखत पारित भएको थियो ।
असोजमा कारोबार घटेसँगै राजस्व समेत गिरावट आएको छ । असोजमा ३ अर्ब ८ करोड १२ लाख मात्रै संकलन भएको छ । भदौमा संकलित राजस्व पौने ४ अर्ब थियो । भने अघिल्लो वर्षको असोजमा ४ अर्ब ८ करोड ६६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
बैंकले घरजग्गा कारोबार चलायमान बनाउन भन्दै नीतिगत सहजीकरण समेत गरे पनि कारोबार बढ्न सकेको छैन । असोजमा दशैं बिदाले कारोबार दिन कम हुँदा पनि कारोबार अघिल्ला महिनाहरूको तुलनामा कम हुने गर्छ ।
कहाँ, कति भयो किनबेच ?
उपत्यका भित्रको घरजग्गा कारोबारः
उपत्यकामा लगनखेल, भक्तपुर, गोटिखेल, कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ९ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भक्तपुर मालपोत कार्यालयबाट भएको छ ।
भक्तपुरबाट ८ सय २१ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम गोटिखेल मालपोत कार्यलयबाट ३ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।
त्यसैगरी, लगनखेलबाट ७ सय १०, कलंकीबाट ४ सय ९७ को संख्यामा वटा घरजग्गा लिखत पारित भएको छ ।
उपत्यका बाहिरको घरजग्गा कारोबारः
उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ ।
सुनसरीबाट ११ सय ८५ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम मालपोत कार्यालय, सिर्दीवासबाट २ संख्यामा लिखत पारित भएको छ ।
राजस्व संकलनको अवस्थाः
राजस्व संकलनमा भने काठमाडौं उपत्यकाका मालपोत कार्यालय अग्रस्थानमा छन् । असोजमा डिल्लिबजार मालपोतबाट सबैभन्दा धेरै ३० करोड ६६ लाख रुपैयाँ राजश्व उठेको विभागको तथ्यांक छ ।
यस्तै, लगनखेल मालपोतबाट ३० करोड २५ लाख, भक्तपुर मालपोतबाट २५ करोड ३८ लाख, चाबहिल मालपोतबाट २३ करोड ६८ लाख र कलंकी मालपोतबाट २० करोड ४७ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
उपत्यकाबाहिरका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजस्व संकलनको अवस्थाः
क्र.सं | मालपोत कार्यालय | लिखत पारित | राजस्व संकलन |
१. | भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी | ११८५ | ६ करोड ७६ लाख ७५ हजार ४७ |
२. | भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा | ११०७ | ४ करोड ४० लाख ५५ हजार ४ सय ९८ |
३. | मालपोत कार्यालय बेलवारी, मोरङ | १०१६ | ५ करोड ७ लाख ९४ हजार ८ सय ९५ |
४. | भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी | ९०९ | २ करोड ११ लाख ५४ हजार ५ सय ३४ |
५. | भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा | ८६३ | ४ करोड १६ लाख ६४ हजार १ सय ९४ |
उपत्यकाभित्रका मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबार तथा राजस्व संकलनको अवस्थाः
क्र.सं | मालपोत कार्यालय | लिखत पारित | राजस्व संकलन |
१. | भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर | ८२१ | २५ करोड ३८ लाख ६४ हजार १५ |
२. | भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर | ७१० | ३० करोड २५ लाख ९७ हजार ३ सय ३९ |
३. | मालपोत कार्यालय कलंकी, काठमाडौं | ४९७ | २० करोड ४७ लाख ६९ हजार १९ |
४. | मालपोत कार्यालय चाबहिल, काठमाडौं | ३५१ | २३ करोड ६८ लाख २१ हजार ९ सय ३२ |
५. | मालपोत कार्यालय साँखु, काठमाडौं | ३१५ | ६ करोड २५ लाख २२ हजार ६ सय ४९ |
६. | मालपोत कार्यालय मनमैजु, काठमाडौं | २०३ | ६ करोड ७३ लाख ६६ हजार १३ |
७. | भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं | १७५ | ३० करोड ६६ लाख २ हजार ७ सय ३० |
८. | मालपोत कार्यालय टोखा, काठमाडौं | ११९ | ५ करोड ७ लाख २९ हजार ६३ |
९. | मालपोत कार्यालय गोटीखेल, ललितपुर | ३ | १ लाख ७३ हजार ७ |
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।