Transaction

वर्षको अन्तिममा सुध्रियो घरजग्गा बजार, एक महिनामै ४ अर्ब ३९ करोड राजस्व संकलन

Pinterest LinkedIn Tumblr

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत महिनामा घरजग्गा कारोबार केही वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार चैतमा ४९ हजार ८ सय ३२ संख्यामा घरजग्गाको लिखत पारित भएको छ । जुन गत महिनाको तुलनामा करिब ३८ सयले बढि हो ।

फागुनमा देशभरबाट ४६ हजार ६९ लिखत पारित भएको थियो । त्यस्तै  गत वर्षको चैतमा भने ५० हजार २ सय ५२ घरजग्गाको लिखत पारित भएको थियो ।

कारोबारमा वृद्धि भएसँगै सरकारले फागुनमा घरजग्गाबाट ४ अर्ब ३९ करोड ४६ लाख ८६ हजार ८ सय ६७ रूपैयाँ संकलन गरेको छ । जबकि फागुनमा ४ अर्ब १२ करोड ३१ हजार ७४ रूपैयाँ संकलन गरेको थियो । 

गत आर्थिक वर्षको चैतमा संकलित राजस्व ३ अर्ब ९४ करोड ८१ लाख ३६ हजार ८ सय १६ रूपैयाँ थियो । 

उपत्यका भित्रको घरजग्गा कारोबारः

उपत्यकामा लगनखेल, भक्तपुर, गोटिखेल, कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ९ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भक्तपुर मालपोत कार्यालयबाट भएको छ । 

भक्तपुरबाट १ हजार ६१ संख्यामा लिखत पारित भएको छ भने सबैभन्दा कम गोटिखेल मालपोत कार्यलयबाट १७ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।

त्यसैगरी, लगनखेलबाट ९ सय ५१, कलंकीबाट ७ सय २७ को संख्यामा वटा घरजग्गा लिखत पारित भएको छ ।

उपत्यका बाहिरको घरजग्गा कारोबारः

उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सुनसरीबाट १८ सय ९६ संख्यामा लिखत पारित भएको छ भने मालपोत कार्यालय सिंजा, नराकोट, जुम्लाबाट २ वटा लिखत पारित भएको छ ।

क्र.सं

मालपोत कार्यालय 

लिखत पारित

राजस्व संकलन (रुपैयाँमा)

१.

भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी

१८९६

१० करोड ४७ लाख ४ हजार ९ सय ३६

२.

भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा

१८०१

६ करोड २८ लाख ५८ हजार ५ सय ९७

३.

मालपोत कार्यालय बेलवारी, मोरङ

१७१४

७ करोड ५६ लाख ९४ हजार २ सय २८

४.

भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा

१५३८

५ करोड ४ लाख ९१ हजार ४ सय १८

५.

भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी

१४०९

३ करोड ४४ लाख ४३ हजार ५ सय ५१

राजस्व संकलनको अवस्थाः

राजस्व संकलनमा भने काठमाडौं उपत्यका भित्रका मालपोत कार्यालय अग्रस्थानमा छन् । फागुनमा लगनखेल मालपोतबाट सबैभन्दा धेरै ३७ करोड ८९ लाख १७ हजार ५ सय ४० रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्यांक छ ।

यस्तै, कलंकीबाट ३३ करोड ४५ लाख ४४ हजार ८ सय ३४; डिल्लिबजारबाट ३१ करोड ५६ लाख ६७ हजार ८ सय २७;  चाबहिलबाट २९ करोड ८९ लाख ५८ हजार ८ सय ५१  र भक्तपुरबाट २७ करोड २५ लाख ७९ हजार ५ सय ३४ रुपैयाँ राजस्व संकलन भएको छ ।

क्र.सं

मालपोत कार्यालय 

लिखत पारित

राजस्व संकलन

१.

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर

१०६१

२७ करोड २५ लाख ७९ हजार ५ सय ३४

२.

भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर

९५१

३७ करोड ८९ लाख १७ हजार ५ सय ४०

३.

मालपोत कार्यालय कलंकी, काठमाडौं 

७२७

३३ करोड ४५ लाख ४४ हजार ८ सय ३४

४.

मालपोत कार्यालय साँखु, काठमाडौं 

४८७

१० करोड १ लाख ६६ हजार ६८

५.

मालपोत कार्यालय चावहिल, काठमाडौं

५४८

२९ करोड ८९ लाख ५८ हजार ८ सय ५१

६.

मालपोत कार्यालय मनमैजु, काठमाडौं 

२६५

७ करोड ८९ लाख २७ हजार ४ सय ५३

७.

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं 

२४७

३१ करोड ५६ लाख ६७ हजार ८ सय २७

८.

मालपोत कार्यालय टोखा, काठमाडौं

१७६

६ करोड ८९ लाख ११ हजार ९ सय ४४

९.

मालपोत कार्यालय गोटीखेल, ललितपुर

१७

५ लाख १५ हजार ८ सय ९१

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It