Tourism

ह्याविट्याटको पत्रकार बुंगमति भ्रमणः पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा

Pinterest LinkedIn Tumblr

काठमाडौं । ललितपुरको बुङ्गमतीमा पर्यटन प्रवर्द्धन एवं दिगो पर्यटनको उद्देश्यले मिडिया भिजिट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा युएन ह्यविट्याटद्वारा पर्यसम्पदा परियोजनाको प्रगति र उपलब्धि बारे सञ्चारकर्मीलाई जानकारी गराइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै युएन ह्यविट्याटका वरिष्ठ कार्यक्रम अधिकृत प्रविण बज्राचार्यले बुङ्गमतीको धार्मिक तथा ऐतिहासिक सम्पदा वस्ती संरक्षणमा युएन ह्यविट्याटले गरेका गतिविधि बारे प्रकाश पारेका थिए । 

युएन ह्यविट्याटका वरिष्ठ कार्यक्रम अधिकृत प्रविन बज्राचार्य

बुङ्गमतीका मूर्त तथा अमूर्त सम्पदाको प्रचारप्रसारका लागि पनि मिडिया भिजिट कार्यक्रम सहयोगी सिद्ध हुने समेत उनले बताए । २०७२ सालको महाभूकम्पले क्षति भएका पुराना सम्पदाको पुननिर्माण गरी तिनलाई पुनर्जीवित गर्ने उद्देश्यसहित सन् २०१२ मा युरोपिएन युनियनको सहयोगमा स्विस एसिया कार्यक्रम अन्तर्गत युएन ह्यविट्याट, ललितपुर महानगरपालिका , लुमन्ती , लगायतका संस्थाको सहकार्यमा सञ्चालन गरिएको पर्यसम्पदा २०२२ मा सम्पन्न हुने उनले जानकारी दिए । 

परियोजना अन्तर्गत कीर्तिपुरमा उत्पादित सामग्रीलाई भर्चुअल बजारमा ल्याएर स्थानीय स्तरबाट उत्पादित सामग्रीलाई प्रोत्साहित गरिँदै आएको छ ।   परियोजना अन्तर्गत ह्याबिट्याटले हस्तकला तथा काष्ठकला तालिम सञ्चालन गरेको थियो । जसअन्तर्गत छ सय जनालाई उद्यमशीलता तालिम दिइएको २६० जनालाई उद्योग सञ्चालन गर्न सहयोग समेत गरेको थियो । 

स्थानीय किराँतकालीन इतिहास रहेको बुङ्गमती काठमाण्डु उपत्यकाकै होचो ठाउँ भएको गाइड अनिल तुलाधरले बताएका थिए । रातो मछिन्द्रनाथ , दे पोखरी, सत फल्चा, नमोबुद्ध मन्दिर, यल्लो क्याफे, प्राचीन वस्ती, नेवारी सभ्यता, बुङ्गमती सङ्ग्रहालय, कार्यविनायक यहाँको प्रमुख पर्यटकिय गन्तव्य हुन् ।  बुङ्गमतीका ८४६ पुराना घरमध्ये ५७६ वटा घर गत ७२ सालको महाभूकम्पले क्षति भएको थियो । 

विभिन्न सञ्चारमाध्यम मार्फत बुङ्गमतीमा पर्यटक भित्र्याउन तयार छ भन्ने सन्देश दिनका लागि मिडिया भिजिट कार्यक्रम राखिएको बज्राचार्यले बताए । साथै यस क्षेत्रको दिगो पर्यटनसँगै बुङ्गमतीमा रहेका काष्ठकला, चित्रकला, वास्तुकला, एवम् धार्मिक तथा सांस्कृतिक महत्वलाई प्रवर्द्धन गर्न कार्यक्रम सहयोगी हुने  पर्यसम्पदा परियोजनाको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It