News

१९ घडेरी सहित हाउजिङका घर लिलामी गर्दै प्रभु बैंक

By BabinaMay 17, 20231 min read
१९ घडेरी सहित हाउजिङका घर लिलामी गर्दै प्रभु बैंक

काठमाडौं । बैंकबाट लिएको ऋण भुक्तानी नगरेपछि इच्छाराज तामाङको हाउजिङ लिलामी हुने भएको  छ । समयमै कर्जा नतिरेपछि बुधबार प्रभु बैंकले डाँडापौवा (रामकोट) को कोट्से भैरव हाउजिङका घरहरू लिलामीका लागि सूचना जारी गरेको हो । 

तत्कालीन सेञ्चुरी कमर्सियल बैंकबाट लिएको कर्जाको किस्ता (साँवा र ब्याज) भुक्तानीका लागि पटक–पटक मौखिक एवंम्  लिखित ताकेता गर्दा बेवास्ता गरि किस्ता तिर्न आलटाल गरेपछि हाउजिङ लिलामीमा राखेको प्रभु बैंकले जनाएको छ । 

बैंकले लामो समयदेखि भुक्तानी नभएका कारण बैंकले सात दिने सूचना जारी गर्दै लिलाम प्रक्रिया अगाडि बढाएको हो ।

सूचना प्रकाशित गरेको ३५ दिन भित्र बैंकमा सम्पर्क गरि सम्झौता बमोजिम बैंकलाई बुझाउन बाँकी सम्पूर्ण रकम चुक्ता फछ्यौट गर्न गराउन ऋणी, जमानतकर्ता तथा धितो राखेको सम्पती धनी लगायत सम्बद्ध सबैमा बैंकले सूचित गरेको छ ।

बैंकले हाउजिङका १९ वटा घडेरी र त्यहाँ बनेका घर लिलामीको प्रक्रिया अगाडि बढाएको छ । घरहरू २ देखि ९ आनासम्म जग्गामा बनेका छन् । ती मध्ये सात वटा घर बिक्री हुँदा बैंकबाट लिएको ऋण असुल हुन्छ ।

कोट्सेको स्वामित्वमा रहेको चालु सम्पत्ति उपर हाइपोथिकेसन सुरक्षण पनि बैंकले लिलाम गर्न लागेको छ ।

तामाङले हाउजिङ धरौटी राखेर बैंकबाट लिएको ऋणमध्ये १५ करोड रुपैयाँ बराबर भुक्तानी गर्न बाँकी छ ।उनले बैंकबाट लिएको ऋणबाट गाडी खरिद गरेका थिए । ती सवारी साधन बैंकको नाममा आएपनि इच्छाराजका कम्पनी सदस्यहरूले चलाइरहेका छन् । ती सवारी बुझाउन पनि बैंकले आदेश दिएको छ ।

कम्पनीको सञ्चालक इच्छाराज र केशवलाल श्रेष्ठले घर बिक्रीमा राखी खरिदकर्तासँग पैसा उठाउने तर घर पास नगरिदिने गरेका थिए । खरिदकर्तासँग उठाएको पैसा आफैं प्रयोग गर्ने र बैंकको ऋण भुक्तानी नगर्ने गरेका थिए । 

कोट्सेको शेयरधनी तथा संस्थागत जमानतकर्तामा सिभिल होम्स प्रालि पनि रहेको छ । हाल तामाङ सहकारीको करिब ८ अर्ब बचत रकम ठगी गरेपछि जेल जीवन बिताइरहेका छन् ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

housingKotse Bhairav HousingPrabhu BankPrabhu Bank to auction housingramkot

You May Also Like

More stories from Basobaas