Market

ओपन हाउसः ‘सोल्टी सिटी’का आकर्षक अपार्टमेन्ट बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । बसोबास नेपालले यही भदौ १४ र १५ गते ओपन हाउस कार्यक्रम आयोजना गर्ने भएको छ । रविभवनमा अवस्थित ‘सोल्टी सिटी’ अपार्टमेन्टमा सेवाग्राहीलाई साइट भिजिट गराउने उद्देश्यले ओपन हाउस आयोजना गर्न लागिएको हो । 

ओपन हाउस शुक्रबार र शनिबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ । 

ओपन हाउसमा अपार्टमेन्टमा उपलब्ध युनिटहरू, नयाँ अफर, सेवासुविधा तथा अपार्टमेन्टको भिजिट गराइनेछ । साथै दशैंसम्ममा अपार्टमेन्ट बुकिङ गर्दा सोही मूल्यमा फुल फर्निस्ड अपार्टमेन्ट दिइनेछ । 

बैंकबाट लोन लिन चाहानेहरूका लागि कम्पनीले अपार्टमेन्टको क्षेत्रफल अनुसार १ वर्षको EMI छुट गरिदिने छ । 

१८ रोपनीमा १५ आना ३ दाम जग्गामा फैलिएको अपार्टमेन्टमा ४ वटा १५ तले टावरहरू रहेका छन् ।  जसमध्ये हाल सिमित युनिटहरूमात्र उपलब्ध छन् । 

1BHK देखि 3BHK सम्मका यी अपार्टमेन्टहरू ६ सय ४२ वर्ग फिटदेखि ११ सय ६० वर्ग फिटसम्मका छन् । यी अपार्टमेन्टको मूल्य आकार अनुसार ९७ लाख ६५ हजार देखि २ करोड ५५ लाख २० हजार तोकिएको छ । 

ओपन हाउस सम्बन्धी थप जानकारीका लागि ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गर्नुहोला ।

‘सोल्टी सिटी’ अपार्टमेन्टका प्रपर्टिहरू हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It