News

नेतृत्वकर्तासँग मिलेर बाल मन्दिरको जग्गामा माफियाको रजाईं

Pinterest LinkedIn Tumblr

काठमाडौं । नक्सालस्थित नेपाल बाल संगठन (बाल मन्दिर)को अर्बौंको जग्गा छ । जसलाई केही माफियाहरूको समूहले पटकपटक कौडीको भाउमा चलखेल गर्दै आएका छन् । 

२०२१ सालमा तत्कालीन राजपरिवारले बाल संगठनलाई १०४ रोपनी जग्गा  उपलब्ध गराएको थियो । सो जग्गाबाट ४९ रोपनी जग्गा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले लिएपछि बाल संगठन सँगको एकल स्वामित्वमा ५१ रोपनी जग्गा छ । भने, २९ रोपनी ४ आना जग्गा बाल संगठन र ललितकलाको साझा भनेर कागजातमा उल्लेख गरिएको छ । 

तर अनाथ, असहाय बालबालिकाको संरक्षणको उद्देश्यले तत्कालीन राजपरिवारले उपलब्ध गराएको जग्गा पटकपटक व्यक्तिगत स्वार्थका आधारमा सम्झौता हुँदै आएको छ । सङ्गठनका नेतृत्वकर्ताहरूले नै आधिकारिक बैठक र निर्णयबिना बृहस्पति विद्यासदन र र व्यापारिक समुहलाई फाइदा पुग्नेगरि लिज सम्झौता गर्ने गरेको पाइएको हो । 

सङ्गठनले २०४९ मा पहिलो पटक ९ रोपनी जग्गा ३ वर्षका लागि लिजमा दिएको थियो । दोस्रो पटक २०५३ मा थप ८ वर्षका लागि सम्झौता भयो । तर सम्झौताको ५ वर्ष नबित्दै पुनः ३० वर्षका लागि १४ रोपनी ९ आना जग्गा वार्षिक ३० लाख दरले भाडामा दिने निर्णय गर्यो । 

यसको एक वर्षमा नै सङ्गठनले ३० वर्षका लागि वार्षिक वार्षिक ६ लाख भाडा लिनेगरी नयाँ सम्झौता भयो । सम्झौताको १५ वर्ष बाँकी रहँदै पुनः तत्कालीन अध्यक्ष प्रकाशमान सिंहकी दिदी रिता सिंहले विद्यासदनसँग नयाँ सम्झौता गरिन् । यसपटक १४ रोपनी जग्गा थप गरि २९ रोपनी जग्गा ४३ वर्षका लागि विद्यासदनको नाममा गयो । 

यी सम्झौता चार किल्ला समेत किटान नगरी स्वार्थ र बेइमानीपूर्वक संगठनको नेतृत्व गर्नेहरूले नै गरेको देखिन्छ । सुरुमा सस्तोमा जग्गा लिजमा लगाइएको प्रक्रियालाई लिएर अख्तियारमा उजुरी परेको थियो । यसबाहेक नेपाल सरकारको उच्चस्तरीय छानविन समितिले पनि उक्त जग्गा सम्झौता गैरकानुनी भएको निष्कर्ष निकालेको थियो । 

अख्तियारले खबरदारी पश्चात हाल चलनचल्तीकै भाडादर निर्धारण गरिएको छ । तर सम्झौतामा लिजमा लिएको जग्गा अर्को पक्षलाई पुनः भाडामा लगाउन सक्ने र बृहस्पतिलाई फाइदा पुग्ने अनेकौं बुँदाहरू समावेश गरिएको छ । सोही प्रावधानको आधारमा बृहस्पतिले राय स्कुल सञ्चालनका लागि ९ रोपनी जग्गा सब–लिजमा दिएको छ । 

त्यस्तै, थप गरिएको १४ रोपनी ९ आना जग्गाको भाडा प्रतिवर्गफिट ४ रुपैयाँ ७५ पैसा कायम गरिएको हुँदाहुँदै थप १३ रोपनी १२ आना १ पैसा जग्गाको भाडा प्रतिवर्गफिट ४ रुपैयाँ मात्र तय गरिएको छ । त्यसैगरी अन्तिम ८ वर्षको भाडा नबढाउने सर्त समेत छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It