Market

सेवाग्राहीले ऋण चुक्ता नगरेपछि जग्गा तथा फर्म लिलामी गर्दै नेपाल बैंक

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरूको जग्गा लिलाम गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै ऋणी चुक्ता नभए बैंकको नाममा रहेको सम्पत्ति ३५ दिनभित्र लिलामी गरिने जानकारी दिएको हो ।

बैंकले सिराहा, पर्सा, रौतहट, काभ्रेपलाञ्चोक, झापा, सुनसरी लगायतका अन्य जिल्लाका घरजग्गा लिलाम बिक्री गर्ने जनाएको छ ।  

कर्जाहरूको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि तरताकेता गर्दा समेत कर्जा चुक्ता नभएकाले सुरक्षणमा राखिएको चलअचल जग्गा र त्यसले चर्चेको सम्पूर्ण लिगलगापात समेत जेजस्तो अवस्थामा छ, सोही अवस्थामा सिलबन्दी बोलपत्रमार्फत लिलाम गर्न लागिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार गोप्य सिलबन्दीमार्फत घरजग्गा खरिद गर्न चाहनेले सूचना प्रकाशित भएको १५ दिनमा बोलपत्र पेस गर्न सक्नेछन् ।

nepal bank limited लिलामी

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

प्रतिक्रिया दिनुहोस्
Pin It