News

पद्मा कोलोनी चौथो फेजका घरहरुको मार्केटिङमा बसोबासले सघाउने, दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर

By BabinaSeptember 21, 20221 min read
पद्मा कोलोनी चौथो फेजका घरहरुको मार्केटिङमा बसोबासले सघाउने, दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं ।  पद्मा ग्रुप अफ कम्पनी अन्तर्गत पद्मा कोलोनी र बसोबास डटकमबीच व्यवसायिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  पद्माले नागार्जुन नगरपालिकाको टौखेलमा निर्माण गरिरहेको ‘पद्मा कोलोनी चौथो फेज ’का घरहरूको एक्सक्लुसिभ मार्केटिङ गर्ने सम्बन्धमा दुई पक्षबीच समझदारी भएको हो ।

गत सोमबार एक कार्यक्रमबीच पद्म कोलोनीका फाइनान्स म्यानेजर गौरव पोखरेल र बसोबासका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजन अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

रियलस्टेटको अनलाइन प्लेटफर्म बसोबाससँग व्यवसायिक सहकार्य गर्न पाउँदा खुशी लागेको प्रधान  बताएका छन् । आधुनिक बक्स मोडलमा बनेको कोलोनी स्वस्थ र शान्त वातावरणको प्रतिबद्धता सहित निर्माण भएको कम्पनीले जनाएको छ ।

१७ रोपनीमा निर्माणाधीन कोलोनिमा ४५ वटा घरहरू रहेका छन् । कोलोनीमा ३ आनादेखि ५ आना क्षेत्रफलमा साढे दुई तलाका घरहरू रहेका छन् । भने घरहरू बेसमेन्ट भएका र नभएका गरी दुइ थरिका छन् ।

यी घरहरूको बिक्रीका लागि बसोबासले बजारीकरणमा सहयोग पुर्याउने छ । नागार्जुन नगरपालिका बसोबासका लागि उत्कृष्ट ठाउँको रुपमा परिचित छ । सो क्षेत्रको मनोरम दृष्य र शितल-स्वस्छ वातावरणले जोकोहीलाई आकर्षित गर्दछ । हरेक क्षेत्रको लागि पायक पर्ने हुनाले पनि हुनसक्छ, हिजोआज यस क्षेत्रमा मानिसहरूको आकर्षण निकै बढेको छ । शहरी सुख सुविधाका लागि मात्रै नभएर प्रकृतिको मनोरम आनन्द लिन सकिन्छ ।

 

 

 

marketing partner of padma colonyPadma Colonypadma colony phase IVPadma group of company

You May Also Like

More stories from Basobaas