News

महानगरले काठमाडौं प्लाजाको लागि मासिक ६० लाख ५० हजार भाडा तिर्न थाल्यो, तत्काल सेवा सुरु नहुने

By BabinaMarch 24, 20231 min read
महानगरले काठमाडौं प्लाजाको लागि मासिक ६० लाख ५० हजार भाडा तिर्न थाल्यो, तत्काल सेवा सुरु नहुने

काठमाडौं । भवन लिजका लागि नेपाल ट्रस्ट र काठमाडौं महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कमलादीस्थित काठमाडौं प्लाजालाई महानगरको कार्यालयका रुपमा प्रयोग गर्न महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रस्टका सहसचिव विष्णुप्रसाद ढकालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

प्लाजामा मर्मत तथा पार्टेसनका कामहरू गर्नुपर्ने भएकाले कार्यालय सर्न केही समय लाग्ने सहायक प्रवक्ता दीपक अधिकारी जानकारी दिए । हाल तदारुकतासाथ सबै समिति र छरिएर रहेका कार्यालयहरू एकीकृत हुने प्रकृयामा रहेको उनले बताए ।  

बिहिबारदेखि लागू हुने गरि सम्झौता भएसँगै महानगरले मासिक ६० लाख ५० हजार भाडा तिर्नुपर्नेछ । हाल ८ वर्षसम्मका लागि प्लाजा भाडामा लिने सम्झौता भएको हो । सुरुवातका पाँच वर्षका लागि ६० लाख ५० हजार रुपैयाँमा सम्झौता भएको छ भने पाँच वर्षपछि १० प्रतिशतले भाडा बढ्नेछ । 

०७७ सालको जेठमा काठमाडौं महानगरपालिकालाई उक्त भवन दिनेगरी सहमति भई मन्त्रिपरिषद्ले स्वीकृतिसमेत दिएको थियो । त्यसविरुद्ध व्यवसायीले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएपछि प्रक्रिया रोकिएको थियो ।  

गत २६ माघमा सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरलाल श्रेष्ठ र कुमार रेग्मीको इजलासले यससम्बन्धी दुई रिट खारेज गरिदिएपछि लिजमा लिने सम्झौता भएको हो । 

यो पनि पढ्नुहोस्ः  २ वर्षभित्र महानगरको आफ्नै भवन बन्दैछ, तर १० वर्षका लागि मासिक ६० लाख भाडा तिर्न बाध्य 

Kathmandu Metropolitan Municipalitykathmandu plazaNepal Trust

You May Also Like

More stories from Basobaas