News

महानगरले काठमाडौं प्लाजाको लागि मासिक ६० लाख ५० हजार भाडा तिर्न थाल्यो, तत्काल सेवा सुरु नहुने

Pinterest LinkedIn Tumblr

काठमाडौं । भवन लिजका लागि नेपाल ट्रस्ट र काठमाडौं महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कमलादीस्थित काठमाडौं प्लाजालाई महानगरको कार्यालयका रुपमा प्रयोग गर्न महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रस्टका सहसचिव विष्णुप्रसाद ढकालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

प्लाजामा मर्मत तथा पार्टेसनका कामहरू गर्नुपर्ने भएकाले कार्यालय सर्न केही समय लाग्ने सहायक प्रवक्ता दीपक अधिकारी जानकारी दिए । हाल तदारुकतासाथ सबै समिति र छरिएर रहेका कार्यालयहरू एकीकृत हुने प्रकृयामा रहेको उनले बताए ।  

बिहिबारदेखि लागू हुने गरि सम्झौता भएसँगै महानगरले मासिक ६० लाख ५० हजार भाडा तिर्नुपर्नेछ । हाल ८ वर्षसम्मका लागि प्लाजा भाडामा लिने सम्झौता भएको हो । सुरुवातका पाँच वर्षका लागि ६० लाख ५० हजार रुपैयाँमा सम्झौता भएको छ भने पाँच वर्षपछि १० प्रतिशतले भाडा बढ्नेछ । 

०७७ सालको जेठमा काठमाडौं महानगरपालिकालाई उक्त भवन दिनेगरी सहमति भई मन्त्रिपरिषद्ले स्वीकृतिसमेत दिएको थियो । त्यसविरुद्ध व्यवसायीले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएपछि प्रक्रिया रोकिएको थियो ।  

गत २६ माघमा सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरलाल श्रेष्ठ र कुमार रेग्मीको इजलासले यससम्बन्धी दुई रिट खारेज गरिदिएपछि लिजमा लिने सम्झौता भएको हो । 

यो पनि पढ्नुहोस्ः  २ वर्षभित्र महानगरको आफ्नै भवन बन्दैछ, तर १० वर्षका लागि मासिक ६० लाख भाडा तिर्न बाध्य 

प्रतिक्रिया दिनुहोस्
Pin It