News
चक्रपथको जग्गा मिचेको भन्दै महानगरले लगायो भाटभटेनीमा डोजर
By BabinaOctober 27, 2024

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १४ स्थित भाटभटेनीमा डोजर चलाएको छ ।
महानगरपालिकाले चक्रपथ (रिङरोड) को ‘राइट अफ वे’ पर्ने क्षेत्र भाटभटेनीले प्रयोग गरेको भन्दै हटाउन आग्रह गर्दा नमानेपछि डोजर प्रयोग गरेर कम्पाउन्ड भत्काएको हो ।
चक्रपथको सडक सीमाभित्र पर्ने भए पनि मिचेर कम्पाउन्ड बनाएको पाइएपछि आज भत्काइएको महानगरले जनाएको छ ।
भाटभटेनीले राइट अफ वे मिचेर ९–१० फिट अग्लो पर्खाल लगाएकाले चक्रपथतर्फ रहेको कम्पाउन्ड सबै भत्काएको जनाइएको छ ।
कलंकीको खसीबजार पश्चिमतर्फ खोला किनारमा विपरीत लगाएको अन्दाजी २०० मिटर पर्खाल र २ वटा शौचालय महानगर प्रहरी बलबाट भत्काइ खाली गरिएको हो ।
Bhatbhatenidemolishes wall of bhatbhateni
Latest Posts
Fresh reads from Basobaas








