News

अब काठमाडौं टावरमा नि:शुल्क पार्किङ गर्न पाइने

Pinterest LinkedIn Tumblr

काठमाडौं । माघ ३ गतेबाट काठमाडौंको न्युरोड क्षेत्रमा सवारी साधन पार्किङ गर्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्युरोडको धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा सवारी साधन पार्किङ गर्न रोकेको हो । 

रोड क्षेत्रमा हुने भिडभाडलाई सहज बनाउनका लागि पार्किङ हटाउने निर्णय गरेको महानगरले जनाएको छ । 

यसको विकल्पमा महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाउने छ । टावरमा तीन सयवटा चारपांग्रे सवारीसाधन र सात सयवटा दुईपांग्रे सवारीसाधन पार्किङ गर्न सकिने महानगरले जनाएको छ ।

महानगरपालिकाले न्युरोडमा पार्किङ निषेध गरेसँगै त्यस क्षेत्रका व्यवसायीले सटर बन्द गरेर विरोध जनाएका छन् । 

Kathmandu Metropolitan City (KMC) banned parking

महानगरपालिकाको अवैज्ञानिक ढङ्गले पार्किङ हटाउने निर्णयले न्युरोड क्षेत्रका व्यवसायी समस्यामा परेको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले समेत आपत्ति जनाएको छ । 

व्यापार व्यवसाय मन्दी भएको अवस्थामा महानगरले पार्किङ निषेध गरेर झन् समस्या थप्ने काम गरेको महासङ्घको भनाइ छ । 

पार्किङ निषेध गरिएको ठाउँमा महानगरपालिकाले आज बिहानदेखि विशेष सरसफाइ समेत गरिसकेको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्
Pin It