काठमाडौं । गौशाला चोकमा नियम विपरीत निर्माण भएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । आइतबार बिहानैदेखि सडक क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर तथा संरचनामा संरचनामा महानगरले डोजर चलाएको हो ।
सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरू भत्काउन महानगरपालिकाले बिहान चार वटा डोजर प्रयोग गरेको छ ।
पहिलो दिन गौशालाबाट एयरपाेर्टतर्फ जाने सडक खण्डमा सडक सीमा क्षेत्रभित्र परेका ६ वटा घरहरू भत्काइएको छ । अन्य ३२ वटा अस्थायी टहरा, सटरहरू पनि भत्काउँने महानगरको तयारी छ ।
काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरू भत्काउन ३५ दिन अगाडि सूचना जारी गरेको थियो ।
१५ दिनदेखि माइकिङ गरेर पनि घर भत्काउन भनेको थियो । तर घर धनीले आफैं नभत्काएपछि महानगरले डोजर चलाएको नगर प्रहरीले जनाएको छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।