News

फेसबुकबाट सस्तो हाउजिङको प्रलोभन देखाउँदै ठगी

Pinterest LinkedIn Tumblr

काठमाडौं । जर्सीको आइल्यान्डमा भाडाको प्रोपर्टी (घर तथा फ्ल्याट) खोजिरहेकाहरू फेसबुक स्क्यामरको टार्गेटमा पर्न थालेका छन् । पछिल्लो समय ठगीमा परेर धेरैले आफ्नो वर्षौँको बचत रकम गुमाएका छन् भने एक परिवार घरविहीन भएको बीबीसीले उल्लेख गरेको छ ।  

फेसबुकमा औसत भन्दा सस्तो मूल्य राखेर साना बालबच्चा भएका परिवार र तीव्र रुपमा आवासको खोजीमा रहेकालाई स्क्यामरले लक्षित गर्ने गरेको पाइएको छ । 

भाडाको प्रोपर्टी खरिद गर्ने पीडितका २६ वटा अलगअलग उजुरी परेको छ । उजुरी भएका सबै ठगीमा एउटै व्यक्ति अथवा समूह हुनसक्ने प्रहरीको अनुमान छ । फेक फेसबुक प्रोफाइलबाट हालसम्म २२ हजार पाउन्ड अर्थात् ( करिब साढे २६ हजार अमेरिकी डलर) ठगी भएको जर्सी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्क्यामरले प्रोपर्टी देखाउनु अघि रकम जम्मा गर्न लगाउने र रकम ट्रान्सफर भइसकेपछि सम्पर्कविहीन हुनसक्छन् । त्यसकारण स्क्यामरसँग अनलाइन कुराकानी गरेपछि,  प्रत्यक्ष भेटेर सम्पत्ति सुरका लागि निक्षेप भुक्तानी गर्न खरिदकर्तालाई प्रहरीको सुझाव छ । 

प्रोपर्टी खरिद गर्नेलाई जर्सी प्रहरीको सुझावः 
  • प्रत्यक्ष रुपमा प्रोपर्टी नहेरी रकम भुक्तानी नगर्ने, 
  • घरधनी तथा एजेन्टलाई प्रत्यक्ष भेट्ने,
  • एजेन्टको प्रमाण राम्ररी जाँचबुझ गर्ने, 
  • प्रोपर्टी बिक्री गराउन अपनाएका अस्वभाविक उपायबाट सावधान रहने, 
  • स्वभाविक लाग्ने सुविधा तथा मूल्यमा मात्रै विश्वास गर्ने ।
प्रतिक्रिया दिनुहोस्
Pin It