News

बैशाखदेखि ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपाल बैंकर्स संघले एकल अंकमा ब्याजदर राख्ने निर्णय गरेको छ । बुधबार बैंकर्स एशोसियसनको बैठकले ब्याजदर घटाएर एकल अंकमा राख्ने निर्णय गरेको हो । 

बैठकले वाणिज्य बैंकहरूले नयाँ वर्ष अर्थात् बैशाख १ गतेदेखि एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको छ । 

संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम भएको छ । त्यस्तै बचतको ब्याज ५.४ देखि ७.४ प्रतिशत रहनेछ । कुल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ । ऋणको ब्याजदर भने गत माघको घटेको दरअनुसार समायोजन हुनेछ । 

निक्षेपको ब्याजदर घटेकाले आधारदरमा कमी आई कर्जाको ब्याजदर पनि कम हुने छ।

प्रतिक्रिया दिनुहोस्
Pin It