News

धोबीखोला करिडोरका ३ घर भत्काइयो, अन्य घरको नक्सा हेरिँदै

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीखोला करिडोरमा घर भत्काएको छ । सार्वजनिक जग्गा मिचेको भन्दै महानगरले वडा नं १० बिजुलीबजारस्थित तीन वटा घर भत्काएको हो ।

आइतबार महानगर प्रहरीले पहिलो चरणमा नक्सा हेरेर भत्काएको हो ।

नक्सामा सार्वजनिक उल्लेख भएको जग्गामा निजी घर बनाएको पाइएपछि डोजर लगाएर भत्काइएको नगर प्रहरीले जनाएको छ ।

अन्य घरहरूले पनि सार्वजनिक जग्गा मिचेको सूचनाअनुसार, वडा कार्यालयमा नक्सा हेरेर थप कारबाही अगाडि बढाउने नगरप्रहरीले जनाएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It