News

खोटाङ लगायत २८ जिल्लाका भूमिहीन तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन निवेदन आह्वान,

By BabinaSeptember 14, 20222 min read
खोटाङ लगायत २८ जिल्लाका भूमिहीन तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन निवेदन आह्वान,

 काठमाडौँ । सरकारले भूमिहीन, सुकुमबासीलाई जग्गा उपलब्ध गराउन निवेदन माग गरेको छ । अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनले राष्ट्रिय भूमि आयोग, ताहाचलले निवेदन माग गरेको हो । बुधवार सूचना प्रकाशित गर्दै ३५ दिन भित्र स्थानीय तहका वडाले तोकिएको स्थानबाट निवेदन पेश गर्न आयोगले आवहान गरेको छ । 

राष्ट्रिय भूमि आयोगले बुधबार सूचना प्रकाशित गरी निवेदन आह्वान गरेको हो । आयोगले सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन दिन भनेको छ ।

यसपटक आयोगले सात प्रदेशका २८ जिल्लाका लागि निवेदन आह्वान गरेको हो । जसअन्तर्गत प्रदेश १ का सोलुखुम्बु र तेह्रथुम, मधेशका सप्तरी, धनुषा, महोत्तरी र रौतहट, बागमतीका रामेछाप, काठमाडौं, भक्तपुर र सिन्धुपाल्चोक रहेका छन् ।

यस्तै, गण्डकीको नवलपरासी पूर्व, स्याङ्जा र मुस्ताङ, लुम्बिनीका बर्दिया, रुकुम पूर्व, रोल्पा र नवलपरासी पश्चिम, कर्णालीका रुकुम पश्चिम, जुम्ला, कालीकोट, मुगु, डोल्पा, सल्यान, हुम्ला र दैलेख र सुदूरपश्चिम प्रदेशका अछाम, बैतडी र डडेल्धुरा जिल्ला रहेका छन् । 

आयोगले तोकेको ढाँचामा सम्बन्धित स्थानीय तहमा खटिएका लगत सङ्कलन कर्मचारीमार्फत निवेदन दिन सकिनेछ ।

भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासीले निवेदन दिन पाउने आयोगले जनाएको छ । 

त्यसैगरी, राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन प्रकृया अघि बढाएको छ । राष्ट्रिय भूमि आयोग ताहाचल, काठमाडौंले बुधबार सार्वजनिक सूचना जारी गर्दै जग्गा प्राप्तीका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग ३५ दिनभित्र निवेदन माग गरेसँगै आयोगको जिल्ला समितिले सोको आवश्यक प्रकृया अघि बढाएको हो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समितिले बिहीबार जिल्ला समन्वय समितिको हलमा पत्रकार सम्मेलन गर्दै जग्गा प्राप्तीका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दिन आव्हान गरेको छ ।

जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी गाउँपालिका, खोटेहाङ गाउँपालिका, बराहपोखरी गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, साकेला गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलव्ध गराउनका लागि प्रकृया अघि बढाइएको हो ।

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि हरेक स्थानीय तहमा भूमिहीन तथा अव्यवस्थित बसोबासी व्यवस्थापन सहजीकरण समिति, भूमिहीन दलित, भूमिहीन र अव्यवस्थित बसोबासी सेवा केन्द्र गठन गर्ने राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङका अध्यक्ष सुरेश राईले बताए ।

जग्गा प्राप्तीका लागि भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले आयोगको ढाँचा बमोजिम रातो फारम तथा अव्यवस्थित बसोबासीले सेतो फारम भरेर आवेदन दिने व्यवस्था गरिएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिबाट बञ्चित हुन नदिनका लागि सबैलाई भूमिका निर्वाह गर्न अध्यक्ष राईले आग्रह गरेका छन् ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउनका लागि राष्ट्रिय भूमि आयोग र जिल्लाका १० स्थानीय तहबीच गत ४ साउनमा २३ बुँदे सम्झौता भएको थियो । भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गर्ने देखि आवश्यक जमिन उपलब्ध गराएर लालपुर्जा वितरणसम्मका कामका लागि भूमि आयोग र स्थानीय तहका प्रमुखबीचमा सम्झौता भएको थियो ।

Distribution of Land Ownership Certificates to squattersgovernment providing land for kumbasiLandless DalitssquattersSquatters to get land ownership documents

You May Also Like

More stories from Basobaas